विज्ञ अर्थमन्त्रीले पनि रोक्न सकेनन् बजेटको बेथिति, तीन दिनमै दिईयो ७६ अर्ब भूक्तानी

१ श्रावण २०७६, बुधबार १५:०० मा प्रकाशित

काठमाडौँ, १ साउन । आर्थिक वर्षको अन्तिम तीन दिनमा सरकारले ७६ अर्ब २१ करोड रुपैयाँ भुक्तानी गरेको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार आइतबारदेखि मंगलबार बेलुका ७ बजेसम्म ४६ हजार वटा चेक काटिएका छन् ।

सरकारले विद्युतीय भूक्तानी प्रणालीमा अपनाएपनि प्रभावकारी नहुँदा चेकमार्फत नै भुक्तानी गर्नुपरेको महालेखा नियन्त्रक कार्यालयका प्रवक्ता जगन्नाथ देवकोटाले बताए ।

मंगलबारसम्म सरकारको बजेट कुल विनियोजन १३ खर्ब १५ अर्बमध्ये ८३ प्रतिशत खर्च भएको छ । चालु खर्च ७ खर्ब १५ अर्ब रूपैयाँ, पुँजीगत खर्च २ खर्ब ३६ अर्ब रुपैयाँ तथा वित्तीय व्यवस्था एक खर्ब ४१ अर्ब रुपैयाँ खर्च भएको छ । चालुतर्फ कुल विनियोजनको ८४.६ प्रतिशत, विकास खर्च ७५.१ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ९०.७ प्रतिशत खर्च भएको हो ।

सरकारले चालु आर्थिक वर्षमा ८ खर्ब ३१ अर्ब राजश्व संकलनको लक्ष्य राखेकोमा ७ खर्ब २२ अर्ब मात्रै संकलन भएको छ । सरकारले बजेटको अर्धवार्षिक समीक्षामार्फत राजस्व लक्ष्य ८ खर्ब ३१ अर्बबाट घटाएर ८ खर्ब ६ अर्बमा झारेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । आजदेखि लागू हुनेगरी अधिकांश बैंकले ब्याजदर

काठमाडौं । आश्विन सङ्क्रान्तिका दिन आज कालिगडले विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस मनाउँदैछन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्‌को बालुवाको

काठमाडौं । कोभिड–१९ का कारण अन्तर्राष्ट्रिय बजारमा तेलको कच्चा पदार्थको मूल्यमा वृद्धि हुँदा नेपालमा प्रशोधित तेलको मूल्य बढेको तेल उत्पादक

काठमाडौं । सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ४३ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ