‘भेहिकल ट्रयाकिङ सिस्टम’ सुरु, अब सफ्टवेयरबाटै सवारी साधनको निगरानी

१ श्रावण २०७६, बुधबार १३:२८ मा प्रकाशित

काठमाडौँ, १ साउन । सरकारले ‘भेहिकल कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम’ सुरु गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार एक कार्यक्रमका बीच अर्थमन्त्री डा. युवराज खतिवडाले उक्त सिस्टमको उद्घाटन गरे ।

सिस्टमको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहे पनि कार्यव्यस्ताका कारण उनी आउन सकेनन् । राजश्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीले प्रधानमन्त्रीले पठाएको लिखित मन्तव्य पढेर सुनाए ।

प्रधानमन्त्रीको लिखित मन्तव्यमा यो सिस्टमले सरकार र निजी क्षेत्र दुबैका लागि लाभदायक हुने र यसले कारोबारलाई पारदर्शी बनाउने उल्लेख थियो ।

यो सिस्टम राजस्व अनुसन्धान विभागले तयार पारेको हो । विभागले बनाएको सफ्टवेयरमा विवरण राखेपछि एक ठाउँबाट हिँडेको सवारी साधन गन्तव्य सम्म सहजै पुग्न सक्नेछ । विभागको वेवसाइटमा गएर विवरण राख्दा प्राप्त हुने ‘क्यू आर कोड’का आधारमा उक्त सवारी साधन कहाँबाट छुट्यो, कहाँ पुग्यो र सामान कहाँ झार्यो भन्नेबारे देख्न सकिने छ । विभागका महादिर्नेशक मैनालीले विभिन्न स्थानमा भएका विभागका चेक पोष्ट हट्ने बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

विगत २४ घण्टामा एक हजार ५५८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार

कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । आजदेखि लागू हुनेगरी अधिकांश बैंकले ब्याजदर

काठमाडौं । सत्ता गठबन्धनको महत्त्वपूर्ण घटक नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आउँदो साताभित्र मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउने संकेत गरेका

काठमाडौँ । कोरोना भाइरसविरुद्धको खोप उपत्यकामा अधिकांशले लगाइसकेका छन् । यो खोप उपत्यकामा पहिलो मात्रा ४४.३३ प्रतिशत र पूर्ण मात्राको