आदिकवि भानुभक्त पुरस्कार उपाध्यायलाई

२९ असार २०७६, आईतवार २३:४९ मा प्रकाशित

काठमाडौँ, २९ असार । नेपाल शिक्षा परिषद्ले यस वर्षको आदिकवि भानुभक्त पुरस्कार वरिष्ठ साहित्यकार एवं भाषाविद् मुकुन्दशरण उपाध्यायलाई आज प्रदान गरेको छ ।

आदिकवि भानुभक्त आचार्यको २०६औँ जन्मजयन्तीको सन्दर्भमा प्रदान गरिएको उक्त पुरस्कारको राशि रु एक लाख २५ हजारसहित सम्मानपत्र छ । यहाँ आज आयोजित कार्यक्रममा वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशीले पुरस्कार प्रदान गर्दै परिषद्ले नेपाली भाषा, साहित्यको श्रीवृद्धिमा उल्लेखनीय योगदान गरेकामा त्यसको सराहना गर्नुभयो ।

उक्त पुरस्कारबाट आफू पनि सम्मानित भएको बताउँदै उहाँले भानुभक्तले संस्कृत भाषामा रचिएको रामायणलाई नेपालीमा अनुवाद गरी नेपाली भाषाको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएकाले नयाँ पुस्ताले सधँै आदिकविको स्मरण गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

भीमबहादुर अधिकारीको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले आदिकवि भानुभक्तको नाममा स्थापना गरिएको पुरस्कार प्राप्त गर्ने उपाध्यायले नेपाली साहित्यको प्रवद्र्धनमा थप क्रियाशील हुनुपर्नेमा जोड दिनुभयो । परिषद्ले विसं २०५२ देखि भानुभक्त र २०५० देखि असिम पुरस्कार प्रदान गर्दै आएको हो ।

आदिकविको सम्झनामा ‘सुन्दरकाण्ड रामायण’

भानु जयन्तीका अवसर पारेर तुङ्गनाथ उपाध्यायको ‘सुन्दरकाण्ड ९रामायण०’ को पहिलो अंश बजारमा आएको छ । गायन तथा सङ्गीत स्वयम् उपाध्यायकै छ । ‘सुन्दरकाण्ड ९रामायण०’ एउटा सर्वथा नौलो शैलीमा आदिकवि भानुभक्तीय रामायणको ‘सुन्दरकाण्ड’बाट केही अंशविशेषको सङ्गीतमय गायनको एउटा प्रारम्भिक प्रस्तुति हो । प्रत्येक दुई श्लोकपछि लय परिवर्तन हुन्छ अनि निरन्तरता भङ्ग नगरी अघि बढ्छ । रामायणको पारम्परिक पाठ अथवा वाचन नभई सङ्गीतमय गायन हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

नुवाकोट स्थायी घर भई काठमाडौँमा रहेर साहित्य सिर्जनामा सक्रिय सर्जकको संस्था त्रिशूली वाङ्मय प्रतिष्ठानको बाह्रौँ साधारणसभाले आगामी दुई वर्षका लागि

काठमाडौं । मदन पुरस्कार २०७७ को प्रारम्भिक सूचीमा ९ वटा पुस्तक परेका छन् । मदन पुरस्कार गुठीले शुक्रबार ९ वटा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली वाङ्‍मय क्षेत्रका विभिन्न व्यक्तित्वलाई विभिन्न प्रज्ञा पुरस्कार प्रदान गर्नुभएको छ । नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा राष्ट्रपति

काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०८औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा समेत विविध कार्यक्रमको आयोजना गरी