भारतीय नक्कली नोटको कारोवारी पाकिस्तानी पक्राउ

२३ श्रावण २०६९, मंगलवार १७:५८ मा प्रकाशित

काठमाडौं, २३ साउन । काठमाडौं महानगरपालिका–२२ जुद्ध सालिकस्थित होटल क्लासिकबाट २९ लाख ५० हजार नक्कली भारतीय नोटसहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बारा जिल्ला परशुरामपुर गाविस–८ का ४८ वर्षीय रहमत वसिर धोबी, पाकिस्तान कराँची घर हुने ए–वाई ५१९९३५२ नम्बरको राहदानीवाहक ४० वर्षीय सोयल मोहमद स्मायल र कराँचीकै जी–डी ४१२८५०१ नम्बरको राहदानीवाहक ४७ वर्षीय मोहमद नाई मुल्लाह रहेका छन् । उनीहरुलाई प्रहरी प्रधान कार्यालय प्रतिआतङ्कवाद निर्देशनालय र महानगरीय प्रहरी प्रभाग जनसेवाबाट खटिएको संयुक्त प्रहरी टोलीले सोमबार सांझ पक्राउ गरेको हो ।
उपत्यकाभित्र केही व्यक्तिको समूहले अवैध रुपमा भारतीय नक्कली नोटको कारोबार, प्रयोग र ओसारपसार गर्ने गरेको सूचना प्रहरीलाई प्राप्त भएको थियो । उक्त सूचनाका आधारमा खटिएको संयुक्त प्रहरी टोलीले अभियुक्तहरुको पहिचान गरी नियन्त्रणमा लिएर चेकजाँच गर्दा झोलामा लुकाइछिपाई राखेको अवस्थामा १ हजार र ५ सय दरका नक्कली नोट रहमत वसिर धोबीबाट ८ लाख ५० हजार, सोयल महमद स्माइलबाट १० लाख ५० हजार र मोहमद नाई मुल्लाहबाट १० लाख ५० हजार गरी जम्मा २९ लाख ५० हजार बरामद भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

जिल्लाको दिपायल सिलगढी नगरपालिका–७ तथा पूर्वीचौकी गाउँपालिका–१ को सीमाक्षेत्र बुढोबाँज भन्ने ठाउँमा बेवारिसे अवस्थामा एक महिलाको शव फेला परेको छ

काठमाडौं । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक पूजा

काठमाडौं- प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व आज नेपालीले घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी

काठमाडौँ । सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने भएको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नयाँ भेरियन्ट