सोमालिया होटल आक्रमण, २६ को मृत्यु

२९ असार २०७६, आईतवार ०६:५५ मा प्रकाशित

मोगादिसु, २८ असार, (एएफपी)। सोमालियाको एउटा होटलमा भएको आत्मघाती बम आक्रमणमा परी कम्तीमा २६ जनाको मृत्यु भएको छ ।

मृत्यु भएका मध्ये धेरै विदेशी नागरिक रहेका अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । घटनामा परी अरु ५६ जना घाइते भएका छन् ।

देशको दक्षिणी क्षेत्रमा रहेको चर्चित तथा लोकप्रिय होटलमा भएको यो आक्रमणको अल सबाबका लडाकूहरुले गरेको दाबी गरिएको छ ।

मृत्यु भएका मध्ये तीन केन्याली, एक क्यानाडाली, एक बेलायती, दुई अमेरिकी र तीन तान्जानीयाली नागरिक रहेका अधिकारीहरुले जनाएका छन् ।

घटनामा परी दुई जना पत्रकारको पनि मृत्यु भएको पत्रकार सम्वन्धी संगठनले पुष्टि गरेको छ । त्यसैगरी घाइते भएका मध्ये दुई जना चिनियाँ नागरिक रहेका क्षेत्रीय अध्यक्ष अहमद मोहमद इस्लामले पत्रकारहरुलाई जानकारी दिनुभयो ।

आक्रमणमा चार जना संलग्न भएको अधिकारीहरुले बताएका छन् । विस्फोटन धेरै ठूलो भएको प्रत्यक्षदर्शीको भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

ढाका । बङ्गलादेशमा १८ महिनापछि विद्यालय खुलेका छन् । लामो समयसम्म विद्यालयहरू बन्द रहँदा बालबालिकाको सिकाइमा असर पर्ने युनिसेफको चेतावनीपछि

कोलम्बो । श्रीलङ्काको केन्द्रीय बैंकका प्रमुखले शुक्रबार ‘राजनीतिक र व्यक्तिगत मुद्दा’ कारण देखाउँदै राजीनामा दिनुभएको छ । विदेशी विनिमय सङ्कट

काबुल । अफगानिस्तानको सत्तामा पुगेको तालिवानले छिमेकी मुलुक चीनसँगको सम्बन्ध सुधार गर्दै अघि बढ्ने चाहना व्यक्त गरेको छ । तालिवानका

अफगानिस्तानको राजधानी काबुलमा भएको जिहादी आक्रमणमा १३ अमेरिकी सुरक्षाकर्मी सहित ६० भन्दा बढीको ज्यान गएको बीबीसीले जनाएको छ । विष्फोटपछि