मध्य झरीमा मेयर कप, खेलाडीको बिजोग ! (फोटो फिचर)

२८ असार २०७६, शनिबार ०९:२७ मा प्रकाशित

निरोज कुमार थापा, रामेछाप, २८ असार । रामेछापमा अहिलेसम्मकै ठुलो पुरस्कार राशी भएको भनिएको फुटबल प्रतियोगीता जारी छ । असारको अन्तिममा मध्य झरीको ख्याल नै नगरी रामेछाप नगरपालिकाले आयोजना गरेको उक्त प्रतियोगीतामा १२ वटा टिम मैदानमा थिए । यीमध्ये चार टिम बाहिरिएका छन् ।

रामेछाप नगरपालिका, मन्थली ब्वाईज युनाइटेड, सारथी युवा क्लब , नयाँ गोरखदल गण, महाकाली, लर्डबुद्ध, सुकाजोर, लिखु बेनी , दिपशिखा, सानीमदौ, सांस्कृतिक, एविसी टिम सहभागी खेल वर्षातले प्रभावित हुँदै आएको छ । अवरुद्ध–सुरु–अवरुद्ध हुँदै भईरहेको प्रतियोगीता रामेछापको टुँडिखेल मैदानमा भईरहेको छ । पानीले हिलाम्मे मैदानमा खोलडीलाई त सकस छ नै, दर्शक दीर्घामा बसेर खेल हेर्नेलाई समेत प्रभावित बनाएको छ ।

प्रतियोगीतामा सहभागी टिमले वर्षातको मौसममा खेल राख्दा आफूहरुलाई असजिलो भएको बताएका छन् । कतिपयले बुद्धिजीविले भने असारको अन्तिममा बजेट सक्नकै लागि नगरपालिकाले खेलकुद प्रतियोगीता आयोजना गरेको भन्दै आलोचना गरिरहेका छन् । असारे भरी र हिलाम्मे मैदानमा प्रतियोगीता राखेको भन्दै नगरप्रमुख नरबहादुर थापाको सामाजिक सञ्जालमा आलोचना भईरहेको छ ।

प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय हुने टिमले क्रमश ३ लाख, २ लाख र १ लाख पुरस्कार पाउने छन् ।

खेल मैदान र खेलाडीहरुः

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय श्रृंखलाको तेस्रो खेलमा नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । अल

लन्डन । च्याम्पियन्स लीग फुटबलमा म्यानचेष्टर सिटी, लिभरपुल र रियल मड्रिड विजयी भएका छन् । समूह ए को खेलमा सिटीले

काठमाडौं । छैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप असोज दोस्रो सातादेखि हुने भएको छ । नेपाल भलिबल

आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल र ओमानबीचको अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा आयोजक राष्ट्र ओमान ५ विकेटले विजयी भएको छ ।