बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ११ पुग्यो (नाम सहित)

२७ असार २०७६, शुक्रबार १७:१८ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, २७ असार । बिहानै देखिको अविरल वर्षाको कारण देशभरको जनजीवन अस्तव्यस्त बनेको छ । हालसम्म ३९ जिल्लामा बाढी र पहिरो गएको छ ।

हालसम्म पानीका कारण पहिरो र बाढी आउँदा ११ जनाको मृत्यु भएको छ । बनेपाका ५५ वर्षीया गोमा दंगाल र उनकी ७ वर्षीय नातीनि सोहनी दंगालको पहिरोमा परी मृत्यु भएको छ । रामेछापमा पहिरोले पुरिएर ४५ वर्षीया पदमकुमारी सुनुवारको मृत्यु भएको छ ।

भोजपुरमा पानीको भेल घरभित्र पस्दा भत्किएको पर्खालले पुरिँदा ६६ वर्षीय जगतबहादुरको मृत्यु भएको हो । भोजपुरकै टेम्केमैयुङ गाउँपालिका–९, लेखर्कका १४ वर्षीय बालक जनक विकको मृत्यु भएको छ ।

ललितपुरमा पनि पहिरोले पुरिँदा ११ वर्षीय बालक सरोज जिम्बाको मृत्यु भएको छ । पर्सामा बाढीले बगाएर १० बर्षका निखिल पटेलको मृत्यु भएको छ ।

मकवानपुरको थाहा नगरपालिका ३ की बालिका सञ्चना बलामीको मृत्यु भएको छ । काठमाडौंको मुलानीमा घर भत्किा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बारा घर भई कागेश्वरी नगरपालिका बस्दै आएका २३ वर्षीया नितु यादव, ३५ वर्षीया शर्मिला यादव र १० वर्षीय कुन्दन यादव रहेका छन् ।

यस्तै खोटाङमा ३ जना बेपत्ता छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सर्वोच्च अदालतले सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा नकारात्मक टिप्पणी गर्नेलाई कारबाही नगर्न गृह मन्त्रालयलाई आदेश दिएको छ ।

काठमाडौं।नेकपा (एकीकृत समाजवादीले केन्द्रीय कमिटी बैठक बोलाएको छ । बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा मंगलबार दिउँसो २ बजे बस्ने गरी केन्द्रीय कमिटी

काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले) को विरोधका बिच प्रतिनिधि सभाबाट चालु आर्थिक वर्षको बजेट पारित गरिएको छ । आज (सोमबार)

खाँदबारी । सङ्खुवासभाको मादी खोलागाउँमा एकै परिवारका ६ जनाको सामूहिक हत्या प्रकरणमा नयाँ रहस्य खुलेको छ । यसअघि प्रहरीले हत्याकाण्डमा