त्रिभुवन विमानस्थल ४ घण्टादेखि बन्द

२७ असार २०७६, शुक्रबार १७:१० मा प्रकाशित

काठमाडौँ, २७ असार । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको धावनमार्गमा चिप्लिएको यति एयरलाइन्सको जहाज हटाउन नसक्दा विमानस्थल ४ घण्टादेखि बन्द छ ।

धावनमार्गमा चिप्लिएको जहाज हटाउन सकस भएपछि आन्तरिक तथा अन्तराष्ट्रिय उडान अबरुद्ध छ । महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार जहजा रहेको ठाउँमा पानी र हिलो भएकाले निकाल्न कठिनाई भएको छ ।

जहाजलाई तानेर ‘ह्याङ्गर’ तर्फ लैजान नेपाली सेना, नेपाल प्रहरी, नेपाल नागरिक उड्डयन प्राधिकरण, विमानस्थल कार्यालयका प्राविधिक खटिएका छन् ।

काठमाण्डौ आउँदै गरेका अन्तराष्ट्रिय उडानका विमानलाई भारतको लखनउलगायतका गन्तव्यमा ‘डाइभर्ड’ गरिएको छ । नेपालगञ्जबाट काठमाण्डौ आएको यतिको एटिआर–७२ विमान विमानस्थलमा अवतरणको क्रममा बिहान ११ः५ बजे धावन मार्गमा चिप्लिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सर्वोच्च अदालतले सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा नकारात्मक टिप्पणी गर्नेलाई कारबाही नगर्न गृह मन्त्रालयलाई आदेश दिएको छ ।

काठमाडौँ ।रुपन्देहीको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने युवक नेकपा एमालेकै कार्यकर्ता रहेको पाइएको छ । एमाले रूपन्देहीका

काठमाडौं।नेकपा (एकीकृत समाजवादीले केन्द्रीय कमिटी बैठक बोलाएको छ । बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा मंगलबार दिउँसो २ बजे बस्ने गरी केन्द्रीय कमिटी

काठमाडौं ।ओमानमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिम भोलि मंगलबार बिहान नेपाल आईपुग्ने भएका छन् । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको