गृहिणीको ६ करोड लिएर युवती बेपत्ता

२३ श्रावण २०६९, मंगलवार १५:३५ मा प्रकाशित

काठमाडौं, २३ साउन । आकर्षक ब्याज दिने प्रलोभनमा पारेर एक युवतीले चावहिल आसपासका महिलाहरुबाट ६ करोड भन्दा बढी रकम उठाएर फरार भएकी छिन् । फरार हुने युवती झापा शनिश्चरे–१ पानीट्याङ्की माइती भएकी बबी सापकोटा दमाई हुन् । काठमाडौं चाबहिल क्षेत्रका गृहिणीहरुलाई ठगेर भागेको भए पनि ढुकटी खेल्ने क्रममा ऋणमा डुबेर उनले फरार हुनुपरेको प्रचार गरिएको पिडितहरुको कथन छ ।
सहकारीमा रकम उठाउने कार्य गर्दै आएकी बबीले आफू पुग्ने हरेक घरमा सम्पर्क बढाएर उक्त परिमाणको रकम उठाएर भागेको बताइन्छ । बबीले पैसा सापट दिने सबैलाई एक लाखको प्रतिमहिना पाँच हजारका दरले व्याज दिने गर्थिन् । आकर्षक ब्याजको प्रलोभनमा परेर पैसा दिई ठगिनेमा एक प्रहरी निरिक्षकसमेत परेका छन् । पैसा दिने अधिकांशले समयमै मोटो ब्याज पाइरहेकाले दिएको रकमको कुनै भपाई नगरेको बताइन्छ । पिडितहरुले काठमाडौं प्रहरी परिसरमा खोजीका लागि निवेदन दिएका छन् । फरार भएकी बबीले दार्जलिङमा पढाइरहेको आफ्नी छोरी समेत कसैलाई सुईंको नदिई निकालेर बेपत्ता भएकी बुझिएको छ । पछिल्लो पटक हेटौंडामा देखापरेकी बबीले दार्जलिङ र बेंग्लोरबाट काठमाडौंमा सम्पर्क गरेको देखिन्छ । दजनौं स्थानमा ढुकुटी खेलेर रकम उठाएकी बबलिे अन्य कति स्थानबाट पैसा लिएकी छिन् भन्ने बारेमा पनि प्रहरीले अनुसन्धान थालेको छ । बबीको बेरोजगार श्रीमान गोविन्द सापकाटोले नै पैसाका कारण उनलाई गायब बनाएको हुनसक्ने परिवारका सदस्यहरु बताउंछन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कुम्भमेलामा भाग लिएर पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाह स्वदेश फर्किएका छन् । १० दिन लामो भारत भ्रमण सकेर

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मोवाइल चार्ज गर्ने क्रममा विद्युत लाइनमा हाइभोल्टेज

बैतडी । हतौडा प्रहारबाट बैतडीमा आज एक बालकको हत्या भएको छ । दशरथचन्द नगरपालिका–१ झोकालीका १५ वर्षीय महेश भुलको हत्या

चितवनको माडी नगरपालिका–९ अयोध्याधाममा राम, सीता, लक्ष्मण र हनुमानको पूर्णकदका मूर्ति स्थापना गरिने भएपछि निर्माण कार्य तीव्ररुपमा अगाडि बढेको छ