त्रिभुवन विमानस्थल बन्द भएपछि ५ विमान डाईभर्ट, २ वटा आकाशमै घुम्दै

२७ असार २०७६, शुक्रबार १२:१८ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, २७ असार । यति एयरको जहाज चिप्लिएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उडान अवतरण प्रभावित भएको छ । चिप्लिएको उक्त जहाज हटाउन समय लाग्ने भएकोले विमानस्थल बन्द गरिएको छ ।

विमानस्थल बन्द भएकोले काठमाडौँ आउँन लागेका जहाजलाई डाईभर्ट गरिएको छ । विमानस्थलका अनुसार एयर चाइनाको विमानलाई ल्हासा, दुबईबाट आएको नेपाल एयरलायन्सलाई दिल्ली, दोहाबाट आएको हिमालय एयरलायन्सलाई वाराणसी, दोहाबाट नै आएको कतार एयरवेजको जहाजलाई कोलकाता डाईभर्ट गरिएको छ । त्यस्तै थाईल्याण्डबाट आएको थाई एयरवेज र ढाकाबाट आएको विमान बंगलादेशको जहाज काठमाडौँको आकाशमा नै घुमिरहेका छन् ।

यतिको जहाज धावनमार्गबाट जहाज चिप्लिएर ट्याक्सी वेमा पुगेको हो। नेपालगञ्जबाट काठमाडौँ आएको यतिको एटीआर जहाज अवतरणको क्रममा चिप्लिएको हो । जहाजभित्र चालक दलका सदस्यसहित ७० जना यात्रु थिए । विमानस्थल प्रवक्ता प्रतापबाबु तिवारीले जहाज चिप्लिदा २ यात्रु घाइते भएको जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । आजदेखि लागू हुनेगरी अधिकांश बैंकले ब्याजदर

काठमाडौं । आश्विन सङ्क्रान्तिका दिन आज कालिगडले विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस मनाउँदैछन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्‌को बालुवाको

काठमाडौं । सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ४३ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ

रुपन्देही । रुपन्देहीमा जग्गा धनीलाई नै थाहा नदिइ किर्ते गरी जग्गा विक्री भएको खुलासा भएको छ । लुम्बिनी साँस्कृतिक नगरपालिका