७० यात्रु सवार यतिको जहाज चिप्लियो, विमानस्थल बन्द

२७ असार २०७६, शुक्रबार ११:४४ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, २७ असार । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यति एयरको जहाज चिप्लिएको छ । धावनमार्गबाट जहाज चिप्लिएर ट्याक्सी वेमा पुगेको छ ।

नेपालगञ्जबाट काठमाडौँ आएको यतिको एटीआर जहाज अवतरणको क्रममा चिप्लिएको हो । जहाजभित्र चालक दलका सदस्यसहित ७० जना यात्रु थिए ।

विमानस्थल प्रवक्ता प्रतापबाबु तिवारीले जहाज चिप्लिदा २ यात्रु घाइते भएको जानकारी दिए । धावनमार्गमा जहाज चिप्लिएपछि विमानस्थलमा उडान र अवतरण बन्द भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सत्ता गठबन्धनको महत्त्वपूर्ण घटक नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आउँदो साताभित्र मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउने संकेत गरेका

काठमाडौँ । कोरोना भाइरसविरुद्धको खोप उपत्यकामा अधिकांशले लगाइसकेका छन् । यो खोप उपत्यकामा पहिलो मात्रा ४४.३३ प्रतिशत र पूर्ण मात्राको

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले एक हप्ताभित्र मन्त्रिपरिषदले पूर्णता पाउने दाबी गर्नुभएको छ । मिनभवनस्थित केन्द्रीय

काठमाडौं । नेपाली राजनीतिमा प्रधानमन्त्री शेरबहादुर देउवाकाे नियति मान्नुपर्छ, आफूले पाएकाे जिम्मेवारी पूरा गर्न नसकेकाे अवगाल उहाँले पटक-पटक ब्यहाेर्नु परेकाे