नेपाली चेलीले जितिन् ‘मिस टीन भारत’को उपाधि

२६ असार २०७६, बिहीबार १५:०१ मा प्रकाशित

दिल्ली, २६ असार । भारतीय सौन्दर्य प्रतियोगितामा नेपाली चेली निकिता थापामगरले ‘मिस टीन भारत’ को उपाधि जितेकी छिन् । झापा मेचीनगर नगरपालिका–५ नकलबन्दाकी १७ वर्षीया थापाले प्रतियोगितामा भारतका ३० प्रान्तका सहभागीलाई उछिनेर विजेता बनेकी हुन् ।

यही असार २० गते शुक्रबार भारतको राजधानी दिल्लीमा आयोजना भएको ‘मिस टीन भारत’ विजेता थापा निशा थापा र पदम थापामगरको दुई छोरीमध्ये जेठी सन्तान हुन् । उनले काँकरभिट्टा क्याम्पसमा कक्षा १२ को भर्खरै परीक्षा दिएकी छिन् ।

निकिताले ‘मिस टीन भारत’को उपाधिसँगै एक लाख भारु नगद पुरस्कार जितेकी छन् भने उनीसँग अमन गान्धी फिल्म प्रोडक्सन प्रालिले चार म्युजिक भिडियो र एउटा सर्ट मूभिमा अभिनयको सम्झौता गरिसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौ। बलिउड अभिनेत्री कंगना रनावत कुनै पनि विषयमा बोल्न, कसैको आलोचना गर्न तथा तारिफ गर्न अघि सरिहाल्छिन् । सधैंजसो चर्चामा

काठमाडौं । अमेरिकामा बस्दै आएका बिरन भट्टराईको लगानीमा एउटा म्युजिक भिडियो निर्माण भएको छ । ‘सन्नी सन्नी’ बोलको सो भिडियोलाई

काठमाडौं। चर्चित गायिका ब्रिटनी स्पियर्सको बेडरुममा समेत निगरानी हुन्थ्यो र उनको जासुसी गर्नको लागि उनका आफ्नै पिताले एक सुरक्षा फर्मलाई

काठमाडौं । कमेडियन कपिल शर्मा गम्भीर संकटमा फसेका छन् । भारतीय कमेडी टेलिभिजन शो ‘द कपिल शर्मा शो’विरुद्ध उजुरी दायर

आजको प्रमुख समाचार