भारतको पत्र लुकाएर मलाई नै झुक्याएः प्रधानमन्त्री

२६ असार २०७६, बिहीबार १२:५२ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, २६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतबाट आयत हुने तरकारीको विषादी परीक्षण नगर्ने निर्णयमा आफूलाई झुक्याइएको बताएका छन् । तरकारीको विषादी जाँच गर्ने नगर्नेबारे भारतबाट आएको पत्र गोप्य राख्दा आफू लज्जित हुनुपरेको उनको भनाई छ ।

बिहीबार राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भारतबाट आएको पत्रबारे आफूलाई जानकारी नभएको बताए । ‘भारतबाट पात्र आएको रहेछ, तर मैले आएको छैन भनेर सार्वजनिक रुपमा बोलेँ, ‘विभिन्न ठाउँमा कूटनीतिक प्रयास हुनु र मलाई जानकारी नदिनुले म लज्जित भएँ । यसप्रति म क्षमाप्रार्थी छु ।’

प्रधानमन्त्री ओलीले उद्योगमन्त्री मातृका यादवप्रति लक्षित गर्दै सामान्य लापरबाही वा जानीबुझि कसेले गल्ती गरेको हो भनेर बुझ्ने काम भईरहेको बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सर्वोच्च अदालतले सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा नकारात्मक टिप्पणी गर्नेलाई कारबाही नगर्न गृह मन्त्रालयलाई आदेश दिएको छ ।

काठमाडौँ ।रुपन्देहीको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने युवक नेकपा एमालेकै कार्यकर्ता रहेको पाइएको छ । एमाले रूपन्देहीका

काठमाडौं।नेकपा (एकीकृत समाजवादीले केन्द्रीय कमिटी बैठक बोलाएको छ । बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा मंगलबार दिउँसो २ बजे बस्ने गरी केन्द्रीय कमिटी

काठमाडौं। नेकपा (एमाले)ले निर्वाचन आयोग र सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिट हेर्दाहेर्दैमा रखिएको छ। न्यायाधीश दीपक कार्की