मुख्यसचिवले काम देखाए, सिंहदरबारमा फेसबुक प्रतिबन्ध

२३ श्रावण २०६९, मंगलवार १५:०३ मा प्रकाशित

काठमाडौं, २३ साउन । मुख्य सचिव पदमा बहाली भएको २४ घण्टा बित्न पाउँदै काम देखाउने चक्करमा मुख्यसचिव लीलामणि पौड्यालले सिंहदरबारभित्रका कर्मचारीहरुमा आतंक मच्चाएका छन् । पौड्यालले सबैभन्दा पहिले सामाजिक सञ्जालका रुपमा विस्तार हुंदै आएको फेसबुक सञ्चालनमा प्रतिबन्ध लगाएर कर्मचारीहरुमा खैलाबैला पारेका हुन् । सिंहदरबारभित्रका कार्यालयमा रहेका कर्मचारीहरु कार्यालय प्रवेश गर्नासाथ फेसबुकमा व्यस्त हुने गरेकाले मुख्यसचिव पौड्याले सिंहदरबारभित्र फेसबुक सेवा बन्द गर्न निर्देशन दिएका हुन् । स्रोतको अनुसार मुख्यसचिव पौड्यालको निर्देशनमा विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत सञ्चालन रहंदै आएको सो सुविधा विहान नौ बजेदेखि बेलुकी तीन बजेसम्मका लागि बन्द गरिएको हो । अर्थ मन्त्रालयका प्रवक्ता राजन खनालले सिंहदरबारभित्र फेसबुक चलाउँदा इन्टरनेट सुस्त भएका कारण परिक्षणका रुपमा फेसबुक बन्द गरिएको बताए । बिहान दश बजे कार्यालय पुग्नासाथ कर्मचारीहरुले फेसबुक खोलेर जिम्मेवारी भुल्ने गरेपछि इन्टरनेट सुस्त भएको अनुमानका आधारमा सिंहदरबार फेसबुक नै प्रतिबन्ध लगाउनु परेको उनको कथन छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले धान चामलको उत्पादन र उत्पादकत्व वृद्धि गर्दै यसको आयात प्रतिस्थापन गर्ने रणनीति लिएको बताएका

काठमाडौँ । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवसका अवसरमा आज खेतमा काम गरी दहीच्युरा खाएर मनाइँदै छ ।

काठमाडौं । देशभर लगातार वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पहाडी र तराई क्षेत्र केन्द्रित वर्षा

नेपाल र भारतबीच महाकाली एकीकृत विकास सन्धि भएको २६ वर्षपछि नेपालले पानी पाएको छ। सन् १९९६ मा नेपाल र भारतबीच

आजको प्रमुख समाचार