सभामुखले संसदमा नयाँ कुरा सुनाउन नपाएपछि……..

२५ असार २०७६, बुधबार १६:१२ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, २५ असार । बुधबारको प्रतिनिधि सभा बैठक पनि विथोलियो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा) ले अवरोध गरेपछि बैठक लथालिङ्ग रुपमा सूचारु भयो ।

सभामुख कृष्ण बहादुर महराले बैठक गर्नासाथ विपक्षी दलका सांसदहरुले उठेर विरोध जनाए । सभामुख महराले पटक पटक बस्न आग्रह गर्दा पनि सांसदहरु बस्न मानेनन् । ‘मैले माननीय सदस्य ज्यूहरुको कुरा हिजो सुनिसके, माननीय सदस्यहरु बसेर बैठक सुरु गर्न दिनोस् म आज नयाँ कुरा सुनाउँछु’ महराले भने । तर अवरोध कायम भएपछि महराले नयाँ कुरा सुनाउन पाएनन् ।

सभाुमख महराले विपक्षी दलको अवरोधका बीच बैठक संचालन गर्दै प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीलाई राष्ट्रिय सभाबाट आएको शन्देस पढ्न समय दिएका थिए । सचिव योगीले प्रतिनिधि सभामा उत्तपत्ति भई राष्ट्रिय सभामा गएका विनियोजन विधेयक, आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत (तेइसौं संशोधन) विधेयक पारित भएको शन्देस पढेर सुनाएका थिए ।

त्यस लगत्तै सभामुख महराले बैठक स्थगित गर्दै आगामी सोमबारको लागि अर्को बैठक बोलाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली कांग्रेसले अधिवेशन तालिका हेरफेर गर्ने निर्णय गरेको छ । बुधबार बसेको कांग्रेस पदाधिकारी बैठकमा प्रदेश, जिल्ला र

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले विहिबारसम्म सरकार विस्तारको तयारी गरेका छन् । मन्त्रिपरिषद विस्तार तथा मन्त्रालय भागबन्डाबारे आज बालुवाटारमा सत्तारूढ

बेलकोटगढी । नुवाकोट बेलकोटगढी नगरपालिकालाई नेपाली कांग्रेसको १४ औं महाअधिवेशनले छप्पकै छोपेको छ । अधिवेशन नजिकिंदै गर्दा नगरसभापतिमा लेखनाथ मुडबरी

काठमाडौँ । परराष्ट्रमन्त्री डा नारायण खड्काको जन्म २००५ साल चैत ७ गते भोजपुरमा भएको हो । विसं २०२३ मा विद्यार्थी