प्रदेश प्रहरीको नेतृत्व ‘डिआईजी’ले गर्ने

२५ असार २०७६, बुधबार १३:२३ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, २५ असार । प्रदेश प्रहरीको कमाण्डमा प्रहरी नायव महानिरीक्षक (डिआइजी) लाई पठाउने सहमति भएको छ । प्रतिनिधिसभा अन्तगृतको राज्यव्यवस्था समितिले प्रदेश प्रहरी प्रमुखमा डीआईजीलाई पठाउने सहमति गरेको हो ।

प्रहरीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलकामा समितिले प्रदेश प्रहरी प्रमुखमा नेपाल प्रहरीको डिआईजीलाई पठाउने विषय सर्वसम्मतिले पारित गरेको हो ।

बुधबार सिहदरबारमा बसेको समितिको बैठकमा गृहमन्त्रालय र कानुन मन्त्रालय तथा प्रहरी प्रधान कार्यालयले डिआईजीलाई प्रदेश प्रहरी प्रमुख बनाएर पठाउने प्रस्ताव पेस गरेको थियो । उक्त प्रस्तावमै समितिमा सहमति भएको हो ।

प्रदेश प्रमुख भएर जाने डिआईजीले प्रदेश प्रहरीकै पोशाक र दर्ज्यानी चिह्न लगाउनेछन् । उनीहरू नेपाल प्रहरीको आइजिपी बन्ने सम्भावना पनि कायमै रहनेछ । प्रदेश प्रहरी प्रमुखलाई संघीय सरकारले सरुवा गर्नसक्ने व्यवस्था गरिएको छ । प्रदेश प्रहरीको सेवासुविधा नेपाल प्रहरी (संघीय सरकार मातहत रहने प्रहरी)को भन्दा कम हुने छैन ।

प्रदेश प्रहरीको सेवा, सुविधा, पोशाक, दर्ज्यानी चिह्न संघीय ऐनको मातहत रहेर बन्ने प्रदेश प्रहरी ऐनअनुसार हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

विगत २४ घण्टामा एक हजार ५५८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार

कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । आजदेखि लागू हुनेगरी अधिकांश बैंकले ब्याजदर

काठमाडौं । सत्ता गठबन्धनको महत्त्वपूर्ण घटक नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आउँदो साताभित्र मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउने संकेत गरेका

काठमाडौँ । कोरोना भाइरसविरुद्धको खोप उपत्यकामा अधिकांशले लगाइसकेका छन् । यो खोप उपत्यकामा पहिलो मात्रा ४४.३३ प्रतिशत र पूर्ण मात्राको