भोजपुर भिडन्तबारे गृहमन्त्रीको जवाफ माग

२५ असार २०७६, बुधबार ११:४५ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, २५ असार । संसदको राज्यव्यवस्था तथा सुशासन समिति भोजपुरमा प्रहरी र नेत्रविक्रम चन्द विप्लव समूहबीच भएको भिडन्त र मृत्युको विषय उठेको छ । कांग्रेस सांसद डा. डिला संग्रौला पन्तले भोजपुर घटनाबारे गृहमन्त्री रामबहादुर थापा र प्रहरी महानिरीक्षक सर्वेन्द्रनाथ खनालबाट जवाफ माग गरेकी छिन् ।

‘यो संवेदनशील विषय हो । सुरक्षा व्यवस्था के भइरहेको छ ? भोजपुरमा भिडन्त भएर मान्छेको मृत्यु भएको कुरा आएको छ वास्तविकता के हो ?’ उनले प्रश्न गरिन् ।

समितिमा गृहमन्त्री थापा, गृहसचिव प्रेम राई, प्रहरी महानिरीक्षक खनाल पनि उपस्थित छन् । समितिमा प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल जारी छ ।

बुधबार बिहान भोजपुरको सदरमुकाममा प्रहरी र विप्लवका कार्यकर्ताबीच गोली हानाहान हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा घुमुवाका रूपमा सक्रिय प्रहरी जवान सञ्जीव राई र विप्लव समूहका कार्यकर्ता नीरकुमार राई रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सत्ता गठबन्धनको महत्त्वपूर्ण घटक नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आउँदो साताभित्र मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउने संकेत गरेका

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले एक हप्ताभित्र मन्त्रिपरिषदले पूर्णता पाउने दाबी गर्नुभएको छ । मिनभवनस्थित केन्द्रीय

काठमाडौं । नेपाली राजनीतिमा प्रधानमन्त्री शेरबहादुर देउवाकाे नियति मान्नुपर्छ, आफूले पाएकाे जिम्मेवारी पूरा गर्न नसकेकाे अवगाल उहाँले पटक-पटक ब्यहाेर्नु परेकाे

काठमाडौं । तेस्रो राष्ट्रिय महाधिबेसनको तयारी रहेको नेपाल परिवार दलले देशलाई समृद्धिको दिशामा अगाडि बढाउन शासकिय स्वरुप परिर्वतन गर्नका लागि