३ दिन देशैभर भारी वर्षा हुने, यी स्थानमा बाढीको खतरा

२५ असार २०७६, बुधबार १०:३१ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, २५ असार । जल तथा मौसम पूर्वानुमान महाशाखाले २ देखि ३ दिन देशभर पानी पर्ने जनाएको छ । बुधबार बिहान ७ बजे मौसम बुलेटिन निकाल्दै महाशाखाले हाल मनसुनी न्यून चापिय रेखा नेपाल नजिक रहेको र अझै नजिक हुने क्रम जारी रहेकाले २,३ दिन नेपालको अधिकांश स्थानहरुमा वर्षा हुने जनाएको छ । महाशाखाले केहि स्थानहरुमा भारी वर्षा हुने र एक दुइ स्थानहरुमा अति भारी वर्षा हुने सम्भावना रहेको बताएको छ ।

त्यस्तै बाढी पूर्वानुमान महाशाखाले पनि आज प्रदेश १ ,२ र ३ को प्राय जिल्ला भएर बहने साना नदीहरूमा आकस्मिक बाढीको संभावना रहेको बताएको छ । त्यस्तै भोली र पर्सी प्रदेश १, २, ३, गण्डकी प्रदेश, प्रदेश ५ तथा सुदुरपश्चिम प्रदेशको तराईको भूभागबाट बहने साना तथा मझौला नदीहरूमा बाढीको उच्च संभावना रहेको जनाएको छ।

कहाँ कहाँ छ बाढीको सम्भावनाः

प्रतिक्रिया
सम्बन्धित खवर

रौतहट । “चार दिनदेखि धाइरहेको छु । मेरो फाइल भेटिएको छैन ।” श्रीमती रविना कुमारीको नागरिकता पाउन प्रयासरत रौतहटको इसनाथ

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठकमा दुई पटक प्रतिनिधिसभा विघटन गर्नेलाई कारवाही गर्नुपर्ने आवाज उठेको छ । पार्टीमा

काठमाडौं। हरेक वर्ष २६ सेप्टेम्बरका दिन अन्तर्राष्ट्रिय परमाणु हतियार निर्मूल दिवस मनाइन्छ । संयुक्त राष्ट्रसंघको महासभाले डिसेम्बर २०१३ मा २६

काठमाडौँ ।नेकपा एमालेबाट विभाजित भएर बनेको पार्टी नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाक्री र एमालेका सचिव गोकर्ण विष्टले आगामी

आजको प्रमुख समाचार