प्रहरी र विप्लव समूहबीच गोली हानाहान, प्रहरीसहित २ को मृत्यु

२५ असार २०७६, बुधबार १०:२३ मा प्रकाशित

काठमाडौँ, २५ असार । भोजपुरमा प्रहरी र प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समुहका कार्यकर्ताबीच गोलीहान भएको छ । भोजपुर सदरमुकामको हटिया लाइनमा विप्लव कार्यकर्ता र प्रहरीबीच मुठभेड भएको हो ।

प्रहरी प्रधान कार्यालयकाका एसपी रमेश थापाका अनुसार घटनामा विप्लब कार्यकर्ताको गोली लागेर प्रहरी जवान सन्जिव राइको मृत्यु भएको छ । प्रहरीको जवाफीमा कारबाहीमा बिप्लब समुहका ओखलढुंगा इन्चार्ज निरकुमार राई पनि मारिएका छन ।

हतियारसहित विप्लब कार्यकर्ता बसेको सूचना प्राप्त गरेपछि त्यस क्षेत्रमा प्रहरी खटिएको थियो । घटनास्थलबाट पेस्तोल र केही गोली बरामद भएको छ ।

घटनाको थप विवरण आउँन बाँकि छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सर्वोच्च अदालतले सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा नकारात्मक टिप्पणी गर्नेलाई कारबाही नगर्न गृह मन्त्रालयलाई आदेश दिएको छ ।

काठमाडौँ ।रुपन्देहीको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने युवक नेकपा एमालेकै कार्यकर्ता रहेको पाइएको छ । एमाले रूपन्देहीका

काठमाडौं।नेकपा (एकीकृत समाजवादीले केन्द्रीय कमिटी बैठक बोलाएको छ । बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा मंगलबार दिउँसो २ बजे बस्ने गरी केन्द्रीय कमिटी

काठमाडौं ।ओमानमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिम भोलि मंगलबार बिहान नेपाल आईपुग्ने भएका छन् । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको