अवैध विदेशी रकमसहित एयरपोर्टबाट एक पक्राउ

२४ असार २०७६, मंगलवार १७:५३ मा प्रकाशित

काठमाडौँ, २४ असार । अवैध रुपमा बाहिरी मुलुक लैजान लागेको विदेशी डलरसहित विमानस्थलबाट एक व्यक्ति पक्राउ परेका छन् । काठमाडौंबाट हङकङ जान लागेका मोरङ मृगौलिया ९ का पासाङ याल्मू तामाङ पक्राउ परेका हुन् ।

हङकङमै जन्मेका ३९ वर्षीय तामाङलाई विशेष सूचनाको आधारमा प्रहरीले मंगलबार विमानस्थलबाट पक्राउ गरेको हो । प्रहरीले तामाङको साथबाट १०० दरका २८६ थान तथा ५० दरका २७ थान गरी २९ हजार ९५० अमेरिकी डलर र १०० दरका ३ थान, ५० दरको १ र २० दरका १ थान गरी ३७० हङकङ डलर बरामद गरेको छ ।

तामाङ नेपाल एयरलाइन्सबाट उड्ने तयारीमा थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं ।नेपाली काँग्रेस भरतपुर महानगरपालिकाको सभापतिमा चित्रसेन अधिकारी विजयी भएका छन् । सोमबार बिहान सकिएको मतगणनाअनुसार चित्रसेनले निकटतम प्रतिद्वन्द्वी भरत

गण्डकी । पर्यटकीय नगरी पोखरामा यस वर्षको विश्व पर्यटन दिवसका कार्यक्रममा विभिन्न ११ देशका राजदूत तथा विशिष्ट कूटनीतिज्ञ सहभागी बन्ने

दाङ । नेपाली काँग्रेसको चौधौं महाधिवेशन अन्तर्गत दाङमा शनिबार सम्पन्न पालिका अधिवेशनमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल

रौतहट । “चार दिनदेखि धाइरहेको छु । मेरो फाइल भेटिएको छैन ।” श्रीमती रविना कुमारीको नागरिकता पाउन प्रयासरत रौतहटको इसनाथ

आजको प्रमुख समाचार