‘धर्ती माता’ बताउने विष्णु कुँवर धरौटीमा थुनामुक्त

२४ असार २०७६, मंगलवार १७:३२ मा प्रकाशित

काठमाडौँ, २४ असार । काठमाडौंको भद्रकाली मन्दिर परिसरमा युवतीलाई यातना दिने ‘धर्ती माता’ बताउने महिला विष्णु कुँवर थुनामुक्त भएकी छन् । काठमाडौं प्रहरी परिसरले उनीमाथि दुई वटा मुद्दा चलाएको थियो । तर दुवै मुद्दामा धरौटीमा छाड्ने आदेश भएको हो ।

मुलुकी अपराध संहितामा भएको अपमानजन्य व्यवहार सम्बन्धी कसुरमा जिल्ला अदालत, काठमाडौंले २० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । अभद्र व्यवहारसम्बन्धी मुद्दामा जिल्ला प्रशासन कार्यालय, काठमाडौंले १० हजार रुपैयाँ धरौटी मागेको छ ।

अदालत र प्रशासन दुवै निकायमा धरौटी वापतको रकम बुझाएर उनी थुनामुक्त भएको डीएसपी होविन्द्र बोगटीले बताए । काठमाडौं प्रहरी परिसरको विशेष टोलीले उनलाई १३ असारमा बालाजुबाट पक्राउ गरेको थियो ।

भद्रकाली मन्दिर परिसरमा कुँवरले एक युवतीलाई यातना दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

विगत २४ घण्टामा एक हजार ५५८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार

कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । आजदेखि लागू हुनेगरी अधिकांश बैंकले ब्याजदर

काठमाडौं । सत्ता गठबन्धनको महत्त्वपूर्ण घटक नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आउँदो साताभित्र मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउने संकेत गरेका

काठमाडौँ । कोरोना भाइरसविरुद्धको खोप उपत्यकामा अधिकांशले लगाइसकेका छन् । यो खोप उपत्यकामा पहिलो मात्रा ४४.३३ प्रतिशत र पूर्ण मात्राको