मिडिया काउन्सिल विधेयकबारे पत्रकार महासंघको मागमा सत्तारुढ दल सहमत

२४ असार २०७६, मंगलवार १७:११ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, २४ असार । मिडिया काउन्सिल विधेयकको विरोधमा आन्दोलन गरिरहेको नेपाल पत्रकार महासंघले आन्दोलन फिर्ता लिएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलले विधेयकमा आवश्यक संशोधन गर्ने प्रतिवद्धता जनाएपछि आन्दोलन फिर्ता भएको हो ।

महासंघ सडक आन्दोलनमै उत्रिएपछि नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले महासंघलाई बार्तामा बोलाएका थिए । नेम्वाङको पहलकदमीपछि तीन चरणको बार्ता पश्चात मंगलबार सहमति जुटेको हो ।

आजको बैठकमा नेता नेम्वङले महासंघले उठाएको मागप्रति नेकपा सहमत रहेको भन्दै आन्दोलन फिर्ता लिन आग्रह गरे । नेकपाको तर्फबाट राष्ट्रिय सभाका प्रमुख सचेतक खीमलाल भट्टराईले महासंघले उठाएको मागप्रति आफूहरु सकारात्मक रहेको लिखित पत्र दिई आन्दोलन फिर्ता लिन प्रस्ताव गरेका थिए ।

‘महासंघको मुद्दामा सहमति जुट्यो, आन्दोलन फिर्ता लिइएको छ,’ महासंघका अध्यक्ष गोबिन्द आचार्यले भने । बार्तामा नेकपा संसदीय दलका उपनेता नेम्वाङसहित नेकपाका महासचिव बिष्णु पौडेल, कानून मन्त्री भानुभक्त ढकाल, नेकपाका नेता योगेश भट्टराई लगायतका नेताहरु सहभागी थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सर्वोच्च अदालतले सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा नकारात्मक टिप्पणी गर्नेलाई कारबाही नगर्न गृह मन्त्रालयलाई आदेश दिएको छ ।

काठमाडौँ ।रुपन्देहीको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने युवक नेकपा एमालेकै कार्यकर्ता रहेको पाइएको छ । एमाले रूपन्देहीका

काठमाडौं।नेकपा (एकीकृत समाजवादीले केन्द्रीय कमिटी बैठक बोलाएको छ । बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा मंगलबार दिउँसो २ बजे बस्ने गरी केन्द्रीय कमिटी

काठमाडौं। नेकपा (एमाले)ले निर्वाचन आयोग र सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिट हेर्दाहेर्दैमा रखिएको छ। न्यायाधीश दीपक कार्की