दुर्घटनामा परेर आँखा देख्न छोडेको गधालाई चश्मा

२४ असार २०७६, मंगलवार १६:१३ मा प्रकाशित

डेभोन, २४ असार । दुर्घटनाका कारण आँखाको दृष्टि गुमाएको एक गधाले चश्मा पाएको छ । जोन्टी नामक त्यस गधाको आँखा काँडाले घोचेर फुटेको थियो ।

उसको आँखाबाट काँडा हटाइयो र शल्यक्रियाका क्रममा भएको स्ट्रेसका कारण उसको दृष्टि गुम्दै गयो । दृष्टि पुनः प्राप्त गराउनका लागि जोन्टीले विशेष तरिकाले बनाएको चश्मा लगाउनुपर्ने भएको छ । चश्माले उसको आँखालाई परावैजनी किरणबाट जोगाउनेछ ।

डेभोनको सिडमाउथस्थित पशु चिकित्सालयमा विशेषज्ञ चिकित्सकले उसको आँखाको उपचार गरिरहेका छन् । चिकित्सक भिकीले भनिन्, ‘उसका लागि मास्क जस्तो चश्मा हामीले बनाएका छौं र उसको दृष्टिमा केही प्रगति भएको छ । तर उसको आँखाको पछिल्तिरको भाग अझै क्षतिग्रस्त छ ।’

जोन्टीले यो गर्मी महिनाभरि चश्मा लगाउनुपर्नेछ र गधा संरक्षण केन्द्रका पशु चिकित्सकहरूले उसको आँखाको स्वास्थ्यमा आएको प्रगति हेर्नेछन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

अफ्रिकी मुलुक मालीको स्वास्थ्य मन्त्रालयले आफ्नो देशकी एक जना २५ वर्षीया महिलाले एकै पटकमा नौ जना बच्चालाई जन्म दिएको बताएको

घानाकी अभिनेत्री एक अभिनेत्रीले आफ्नो छोरासँगको न्युड तस्विर सार्वजनिक गरेको भन्दै अदालतले ९० दिनको जेल सजाय सुनाएको छ । सन्

कोरोना भाइरसको प्रकोपसँग लोकप्रिय बनेको भर्चुअल मिटिङले बेलाबेलामा धेरैलाई हैरान बनाउने गरेको छ । विशेष गरेर मिटिङमा देखिने क्रियाकलाप विवादित

अष्ट्रेलियाका दुई जुम्ल्याहा दिदीबहिनी एना र लुसी हरेक क्रियाकलाप एकैसाथ गर्ने गर्दछन् । उनीहरु बीच दुई ज्यान एक प्राण भने