दुई दिनसम्म पनि सकिएन मन्त्रिपरिषद् बैठक, के छन् खास एजेण्डा ?

२४ असार २०७६, मंगलवार १६:१० मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, २४ असार । सोमबारबाटै सुरु भएको मन्त्रिपरिषद बैठकले मंगलबार साँझसम्म पनि निरन्तरता पाउने भएको छ । मंगलबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकमा करिब ५ दर्जन एजेण्डा प्रस्तुत भएको थियो । तर एजेण्डामा आवश्यक निर्णय हुन सकेको छैन । ती नै एजेण्डामा निर्णय लिनुपर्ने भएकाले बैठक लम्बिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

आर्थिक वर्षको अन्तिमतिर आइपुगेकाले मन्त्रालयको समष्टिगत समीक्षा हुन बाँकी छ, राष्ट्रिय गौरवका आयोजना र अरू विकास आयोजनाको पनि समीक्षा भएको छैन’ प्रधानमन्त्रीको प्रेस सल्लाहकार कुन्दन अर्यालले नेपाल ट्वान्टी फोर आवर डटकमलाई भने,‘सरकारको एक वर्षे कार्यप्रगतिको वस्तुगत समीक्षा गर्नुपर्ने विन्दूमा सरकार आइपुगेकाले मन्त्रिपरिषद् बैठक लम्बिरहेको छ, त्यसैको निरन्तरता अनुरुप मंगलबार पनि बैठक बस्न लागेको हो ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली कांग्रेसले अधिवेशन तालिका हेरफेर गर्ने निर्णय गरेको छ । बुधबार बसेको कांग्रेस पदाधिकारी बैठकमा प्रदेश, जिल्ला र

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले विहिबारसम्म सरकार विस्तारको तयारी गरेका छन् । मन्त्रिपरिषद विस्तार तथा मन्त्रालय भागबन्डाबारे आज बालुवाटारमा सत्तारूढ

बेलकोटगढी । नुवाकोट बेलकोटगढी नगरपालिकालाई नेपाली कांग्रेसको १४ औं महाअधिवेशनले छप्पकै छोपेको छ । अधिवेशन नजिकिंदै गर्दा नगरसभापतिमा लेखनाथ मुडबरी

काठमाडौँ । परराष्ट्रमन्त्री डा नारायण खड्काको जन्म २००५ साल चैत ७ गते भोजपुरमा भएको हो । विसं २०२३ मा विद्यार्थी