राष्ट्रिय परिचयपत्रमा प्रधानमन्त्री पत्नीकै जन्ममिति फरक

२४ असार २०७६, मंगलवार १५:२५ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, २४ असार । ‘बायोम्याट्रिक’ सूचनासहितको राष्ट्रिय परिचयपत्रमा गम्भिर त्रुटि फेला परेको छ । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली र उनी पत्नी राधिका शाक्यलाई राष्ट्रिय परिचयपत्र वितरण गरिएकोमा शाक्यको परिचयपत्रमा जन्ममिति नै फरक परेको छ ।

गृहमन्त्रालय मातहतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक दीपक काफ्लेले प्रधानमन्त्री र उनकी पत्नी शाक्यलाई परिचयपत्र हस्तान्तरण गरेका थिए । परिचयपत्र बुझे लगत्तै शाक्यले हेरेपछि आफ्नो जन्ममिति फरक परेको भन्दै तत्काल सच्याउन भनिन् ।

उनले आफ्नो जन्ममिति फरक परेको भन्दै तत्कालै सच्याउन आग्रह गर्दै परिचयपत्र फिर्ता दिईन् । विभागले प्रधानमन्त्री पत्नीकै जन्ममिति फरक पारेपछि यसको विश्वसनीयतामै प्रश्न उठेको छ ।

सरकारको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख भएअनुसार राष्ट्रका विशिष्ट व्यक्ति, सिंहदरबारस्थित कर्मचारी र पाँचथर जिल्लाका ८० प्रतिशतलाई यो परिचयपत्र दिने कार्यक्रमअनुसार वितरण जारी छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । आजदेखि लागू हुनेगरी अधिकांश बैंकले ब्याजदर

काठमाडौं । आश्विन सङ्क्रान्तिका दिन आज कालिगडले विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस मनाउँदैछन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्‌को बालुवाको

काठमाडौं । सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ४३ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ

रुपन्देही । रुपन्देहीमा जग्गा धनीलाई नै थाहा नदिइ किर्ते गरी जग्गा विक्री भएको खुलासा भएको छ । लुम्बिनी साँस्कृतिक नगरपालिका