भीसी रामबहादुर सम्मानित

२३ श्रावण २०६९, मंगलवार १४:२५ मा प्रकाशित

काठमाडौ, २३ साउन । विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान दिने नेपालीलाई सम्मानित गर्ने क्रममा प्रवासी नेपाली साहित्य समाजले भिक्टोरिया क्रस विजेता रामबहादुर लिम्बु र वरिष्ठ चलचित्र निर्देशक तुलसी घिमिरे सहितका व्यक्तित्वहरुलाई पुरस्कृत र सम्मानित गरेको छ । राजधानीमा आयोजित कार्यक्रममा शिक्षामन्त्री दिनानाथ शर्माले भीसी रामबहादुर लिम्बुलाई सम्मानित गर्ने क्रममा निर्देशक घिमिरेलाई प्रवासी प्रभात पुरस्कार र साहित्यकार केदार संकेतलाई प्रशंसा पत्र प्रदान गरेका थिए ।
लिम्बुलाई नेपालीको पहिचान उच्च बनाउने क्रममा संसारकै उच्च सैनिक सेवा पदक प्राप्त गरेको नाताले सम्मानित गरिएको हो । उनले ४४ जना दुश्मनका सेनाहरुको विचमा एक्लै लडेर विजय हात पारेका थिए । यस्तै, निर्देशक घिमिरेलाई नेपालीहरुको बहादुरीको कथा सिनेमाको माध्यमबाट परिचित गराउन महत्वपूर्ण भूमिका खेलेकोमा पुरस्कृत गरिएको बताइयो । नेपालीभाषी भारतीय उनले बलिउडमा २ सयभन्दा बढी फिल्मको सम्पादन र राष्ट्रिय पुरस्कार समेत पाइसकेका छन् ।
सम्मानित ब्यक्तित्व भीसी रामबहादुर लिम्बुले आफू बेलायती सेनामा हुँदा विरलै मात्र देखिने नेपालीहरु अहिले विश्वमा फैलिएको देखेर खुसी लागेको भन्दै यसले नेपाल र नेपालीको हैसियत स्थपित गरेको बताए । उनले सम्मानित भएकोमा खुसी ब्यक्त गर्दै आफू सधै नेपाल र नेपालीको हितका निम्ति लागिरहने प्रतिवद्धता समेत ब्यक्त गरे ।
पुरस्कृत ब्यक्तित्व निर्देशक तुलसी घिमिरेले हरेक पटकको सम्मान र पुरस्कारले आफूमाथि थप राम्रो गर्ने जिम्मेवारीको बोझ थप्ने गरेको सुनाए । कार्यक्रममा एनआरएनका केन्द्रीय महासचिव तेन्जीङ शेर्पाले एनआरएनले नेपाली साहित्य र संस्कृतिको विकासको लागि एक समिति गठन गरेको जानकारी दिंदै विश्वमा छरिएर रहेका नेपाली कला र सहित्यलाई संगठित पार्ने बताए ।
कार्यक्रममा प्रवासी नेपालीहरुको मुखपत्रको रुपमा ‘पल्टन घर’ नामक पत्रिकाको विमोचन र पुरस्कृत ब्यक्तित्वहरुको योगदानसम्बन्धी मिलन चाम्सले निर्माण गरेको बृत्तचित्र प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधवकुमार नेपाल पक्षलाई धेरै प्रतीक्षा गर्न उचित नहुने बताएका छन् । शुक्रबार पार्टी

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं सांसद भीम रावलले मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) सम्झौता संशोधनपछि मात्र पारित गर्न माग गर्नुभएको

काठमाडौँ । बझाङकी हेवन उपाध्याय ‘खामोशी विथ लाइफ’को अन्तर्राष्ट्रिय विजेता बनेकी छिन् । बहिरा व्यक्तिहरूको सीप, क्षमता र कौशलता प्रदर्शन

लण्डन । बेलायतमा लामो समयदेखि बस्दै आउनुभएकी कवयित्री प्रतिभा केसी यस वर्ष अनेसास सुप्रमा इप्रमा पुरस्कारबाट सम्मानित हुनुभएको छ ।