प्रधानमन्त्रीले लिए ‘राष्ट्रिय परिचयपत्र’

२४ असार २०७६, मंगलवार १३:३८ मा प्रकाशित

काठमाडौँ, २४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘बायोम्याट्रिक’ सूचनासहितको राष्ट्रिय परिचयपत्र ग्रहण गरेका छन् । सरकारी निवास बालुवाटारमा आयोजित कार्यक्रममा गृहमन्त्रालय मातहतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक दीपक काफ्लेले उनलाई परिचयपत्र हस्तान्तरण गरेका हुन् ।

प्रधानमन्त्रीसँगै उनकी पत्नी राधिका शाक्यलाई पनि परिचयपत्र दिईएको छ ।

नेपाल सरकारको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख भएअनुसार राष्ट्रका विशिष्ट व्यक्ति, सिंहदरबारस्थित कर्मचारी र पाँचथर जिल्लाका ८० प्रतिशत नागरिकलाई यो परिचयपत्र दिने कार्यक्रम छ । विभागले सोमबार उपराष्ट्रपति नन्दबहादुर पुनलाई राष्ट्रिय परिचयपत्र प्रदान गरिसकेको छ । सरकारले आगामी दुई वर्षभित्र मुलुकका सबै नागरिकलाई यो परिचयपत्र वितरण गरिसक्ने योजना बनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सत्तारुढ गठबन्धन दलहरुबीच दल विभाजन सम्बन्धि अध्यादेश फिर्ता लिएर मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको छ । अध्यादेश

काठमाडौं ।नेपाली काँग्रेस भरतपुर महानगरपालिकाको सभापतिमा चित्रसेन अधिकारी विजयी भएका छन् । सोमबार बिहान सकिएको मतगणनाअनुसार चित्रसेनले निकटतम प्रतिद्वन्द्वी भरत

दाङ । नेपाली काँग्रेसको चौधौं महाधिवेशन अन्तर्गत दाङमा शनिबार सम्पन्न पालिका अधिवेशनमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल

काठमाडौं । नेकपा एमालेले उपाध्यक्षको संख्या स्थायी कमिटीबाट टुंगो लगाउने भएको छ । ललितपुरको तुल्सीलाल स्मृति प्रतिष्ठानमा भएको तीनदेखि चलेको

आजको प्रमुख समाचार