१६ वर्षपछि भिड्दै भारत र न्युजिल्याण्ड, यस्तो छ हेड टु हेड नतिजा !

२४ असार २०७६, मंगलवार १३:२२ मा प्रकाशित

इङ्ल्याण्ड, २४ असार । विश्वकप क्रिकेटमा आज पहिलो सेमिफाइनलको खेल हुँदैछ । पहिलो सेमिफाइनलमा भारत र न्यूजिल्याण्डबीच खेल हुँदैछ । १६ वर्ष पछि यी दुई देश भिड्न लागेका हुन् । सन् २००३ मा यी दुई टोलि आमनेसामने भएका थिए ।

यी दुई देश यस वर्षको सुरुवातमा ५ एकदिवसीयको सिरिजमा भिडेका थिए । न्यूजिल्याण्डमा भएको उक्त खेल भारतले ४–१ ले जितेको थियो । उक्त खेलमा भारतको कप्तानी रोहित शर्माले गरेका थिए ।

सन् १९७५ मा यी दुई देशबीच पहिलो खेल भएको थियो । उक्त खेलमा न्यूजिल्याण्डले भारतलाई हराएर सेमिफाइनलमा प्रवेश गरेको थियो । यसको ४ ववर्षपछि १९७९ मा पनि यी दुई टिमको भेट भएको थियो । उक्त खेलमा पनि भारत न्युजिल्याण्डसामु निरिह बन्यो ।

सन् १९८७ मा भारतमा भएको विश्वकपमा यी दुई देशले दुई खेल खेले । तर दुवै खेलमा भारत हाबी भयो । १९९२ मा न्युजिल्यान्डमा भएको विश्वकपमा भने आयोजक न्युजिल्यान्डले पाहुना टोली भारतलाई हराएको थियो ।

समय सन् १९९९ इङ्ल्याण्डमा भएको विश्वकपमा पनि भारतलाई न्युजिल्याण्डले पराजित गरेको थियो । यी दुई देशबीच सन् २००३ मा अन्तिम खेल भएको थियो । उक्त खेलमा भारतले न्यूजिल्याण्डलाई हराएको थियो ।

यसरी आजसम्म भएका खेल हेर्दा भारतभन्दा न्युजिल्याण्ड बलियो देखिन्छ । मंगलबारको खेलमा भारत आफूलाई बलियो प्रमाणित गर्दै फाइनल प्रवेश गर्ने दाउमा हुनेछ । न्युजिल्याण्ड पनि विगतको आफ्नो विरासत कायम राख्दै भारतलाई निरिह बनाउने दाउमा मैदान उत्रनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं ।ओमानमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिम भोलि मंगलबार बिहान नेपाल आईपुग्ने भएका छन् । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा नेपालले ओमनलाई सात विकेटले पराजित गर्दै ऐतिहासिक

काठमाडौं । एएफसी महिला एसियन कप–२०२२ छनोटको पहिलो खेलमा नेपाल फिलिपिन्ससँग पराजित भएको छ । उज्वेकिस्तानको जेएआर स्टेडियममा शनिबार भएको

काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नेपाल अमेरिकासँग छ विकेटले पराजित भएको छ । ओमानको