कांग्रेस र राजपाद्वारा संसद बैठक अवरुद्ध

२४ असार २०७६, मंगलवार १२:४४ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, २४ असार । सर्लाही घटनालाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीले मंगलबारको संसद बैठक अवरुद्ध गरेका छन् ।

सर्लाहीमा प्रहरी र विप्लव समूहबीच दोहोरो भिडन्तमा विप्लव पक्षका कुमार पौडेलको मृत्यु तथा प्रहरीसँगको झडपमा सरोजनारायण यादवको मृत्युको विषयलाई लिएर दुवै दलले सरकारको जवाफ मागेका थिए । संसदमा गृहमन्त्री रामबहादुर थापाले जवाफ पनि दिएका थिए ।

तर गृहमन्त्रीको जवाफ प्रष्ट नभएको भन्दै दुवै दलले छानविन समिति बनाउन माग गरेका छन् । सभामुख कृष्ण बहादुर महराले संसदमा प्रतिनिधित्व गर्ने दलहरुसँग परामर्श गरेर निर्णय लिने बताएपछि दुवै दलका सांसदहरुले रोष्टम घेराउ गरेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सत्ता गठबन्धनको महत्त्वपूर्ण घटक नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आउँदो साताभित्र मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउने संकेत गरेका

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले एक हप्ताभित्र मन्त्रिपरिषदले पूर्णता पाउने दाबी गर्नुभएको छ । मिनभवनस्थित केन्द्रीय

काठमाडौं । नेपाली राजनीतिमा प्रधानमन्त्री शेरबहादुर देउवाकाे नियति मान्नुपर्छ, आफूले पाएकाे जिम्मेवारी पूरा गर्न नसकेकाे अवगाल उहाँले पटक-पटक ब्यहाेर्नु परेकाे

काठमाडौं । तेस्रो राष्ट्रिय महाधिबेसनको तयारी रहेको नेपाल परिवार दलले देशलाई समृद्धिको दिशामा अगाडि बढाउन शासकिय स्वरुप परिर्वतन गर्नका लागि