भारतीय तरकारीको विषादी जाँच नगर्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर

२४ असार २०७६, मंगलवार १२:३७ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, २४ असार । भारतबाट आयात हुने तरकारी तथा फलफूलसहितका कृषिजन्य उत्पादनमा विषादी परीक्षण नगर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ताद्वय स्वागत नेपाल र नारायणप्रसाद दुवाडीले उपभोक्ता विरोधी निर्णय भन्दै सर्वोच्चमा रिट दायर गरेका हुन् ।

उनहिरुले सरकारी निर्णयले उपभोक्ता विषादीयुक्त तरकारी तथा फलफूल खान बाध्य हुने अवस्था आएको दाबीसहित निवेदन दर्ता गरेका छन् । रिटमा कृषिजन्य उत्पादनलाई विषादी परीक्षणपछि मात्र भित्रिने व्यवस्था गर्न अन्तरिम आदेश माग गरिएको छ ।

मन्त्रिपरिषद्को गत बिहीबारको बैठकले आफ्नै निर्णय उल्ट्याउँदै विषादी परीक्षण नगरी तरकारी तथा फलफूल भित्रिन दिने निर्णय गरेको थियो । अहिले यो निर्णयको चौतर्फी आलोचना भईरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

विगत २४ घण्टामा एक हजार ५५८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार

कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । आजदेखि लागू हुनेगरी अधिकांश बैंकले ब्याजदर

काठमाडौं । सत्ता गठबन्धनको महत्त्वपूर्ण घटक नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आउँदो साताभित्र मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउने संकेत गरेका

काठमाडौँ । कोरोना भाइरसविरुद्धको खोप उपत्यकामा अधिकांशले लगाइसकेका छन् । यो खोप उपत्यकामा पहिलो मात्रा ४४.३३ प्रतिशत र पूर्ण मात्राको