मन्त्रिपरिषद् बैठकबाट बीचमै बाहिरिए उद्योगमन्त्री यादव

२४ असार २०७६, मंगलवार १०:२९ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, २४ असार । उद्योग मन्त्री मातृका यादव मन्त्रिपरिषद्को बैठकबाट बाहिरिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बोलाएको आकस्मिक बैठकबाट छलफल चलिरहेकै बेला मन्त्री यादव बाहिरिएका हुन् ।

भारतबाट आयत हुने फलफुल र तरकारीको विषादी परीक्षण नगर्ने सरकारको अघिल्लो निर्णयको आलोचना भईरहेका बेला मन्त्री यादव बैठकबाट बाहिरिनुलाई विशेष गरी हेरिएको छ । अघिल्लो मन्त्रिपरिषद बैठकमा यादवकै आग्रहमा प्रधानमन्त्री ओलीले सिमा नाकामा फलफुल र तरकारीको विषादी परीक्षण नगर्ने निर्णय गराएका थिए ।

मन्त्री यादवले सोमबार संसदीय समितिमा आवश्यक उपकरण अभावमा तत्काल परीक्षण गर्न सकनिे अवस्था नभएका कारण रोकेको बताएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । आजदेखि लागू हुनेगरी अधिकांश बैंकले ब्याजदर

काठमाडौं । सत्ता गठबन्धनको महत्त्वपूर्ण घटक नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आउँदो साताभित्र मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउने संकेत गरेका

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले एक हप्ताभित्र मन्त्रिपरिषदले पूर्णता पाउने दाबी गर्नुभएको छ । मिनभवनस्थित केन्द्रीय

काठमाडौं । नेपाली राजनीतिमा प्रधानमन्त्री शेरबहादुर देउवाकाे नियति मान्नुपर्छ, आफूले पाएकाे जिम्मेवारी पूरा गर्न नसकेकाे अवगाल उहाँले पटक-पटक ब्यहाेर्नु परेकाे