मन्त्रीपरिषद्को आकस्मिक बैठक बस्दै

२४ असार २०७६, मंगलवार १०:१० मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, २४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । सोमबार वा बिहिबार बस्ने प्रचलन रहेपनि प्रधानमन्त्री ओलीले आकस्मिक रुपमा बोलाएको बैठक अहिले बस्दैछ ।

सोमबार मन्त्रिपरिषद्को बैठकको क्रममा नै राष्ट्रपतिसँग समय माग भईसकेकाले उता जानू पर्ने भन्दै मंगलबारलाई सारिएको एक मन्त्रीले बताएका छन् । ‘सोमबार एउटा मात्र अजेन्डामा छलफल गरी मन्त्रिपरिषद्को बैठक बिचमै छाडेर प्रधानमन्त्री शितलनिवास जानु भयो’ उनले भने, ‘त्यही बैठकलाई आज निरन्तरता दिईएको मात्रै हो ।’

नेपालको इतिहासमा सम्भवतः यसरि दुई दिनसम्म मन्त्रिपरिषद्को बैठक चलेको यो नै पहिलो घटना हो । बैठकमा सुरक्षा सम्बन्धि रिपोर्टिंङ गरिने बताएको छ । मन्त्रीहरुको कार्यप्रगतिमा प्रधानमन्त्री असन्तुष्ट रहँदै आएको र मन्त्रिपरिषद्‌का सदस्य हेरफेर तथा केहीको बिदाइ हुने सम्भावना समेत रहेको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सत्तारुढ गठबन्धन दलहरुबीच दल विभाजन सम्बन्धि अध्यादेश फिर्ता लिएर मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको छ । अध्यादेश

काठमाडौं ।नेपाली काँग्रेस भरतपुर महानगरपालिकाको सभापतिमा चित्रसेन अधिकारी विजयी भएका छन् । सोमबार बिहान सकिएको मतगणनाअनुसार चित्रसेनले निकटतम प्रतिद्वन्द्वी भरत

दाङ । नेपाली काँग्रेसको चौधौं महाधिवेशन अन्तर्गत दाङमा शनिबार सम्पन्न पालिका अधिवेशनमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल

रुपेन्देही । महामानव गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई संसारमाझ जोड्ने उद्देश्यका साथ निर्माण सुरु गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अझै सकिएको

आजको प्रमुख समाचार