घुस लिएर परीक्षाको नतिजा बदल्ने त्रिवि गोप्य शाखाका कर्मचारीविरुद्ध मुद्दा दायर

२३ असार २०७६, सोमबार १७:४३ मा प्रकाशित

काठमाडौँ, २३ असार । घुस लिएर परीक्षाको अंक परिवर्तन कार्यमा संलग्‍न त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयका तीन कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुनसन्धान आयोगले घुस खाएर परीक्षाको नतिजा बदल्ने परीक्षा नियन्त्रण कार्यालय बल्खुको गोप्य शाखाका कर्मचारी रामबहादुर कर्माचार्यसहित तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको हो ।

एमए गोप्य शाखाका अधिकृत रामबहादुर कर्मचार्यलाई एक लाख ५० हजार घुस दिएर भक्तपुर बहुमुखी क्याम्पसका शिक्षण सहायक सुरेन्द्रप्रसाद कोइरालाले एमए इकोनोमीमा गोल्डमेडल लिएको खुलेपछि अख्तियारले अनुसन्धान थालेको थियो । कोइरालाले डेढ लाख घुस दिएपछि कर्मचार्यले उनको नम्बर बढाइदिएका थिए । त्यसपछि प्रथम श्रेणीमा उत्तीर्ण कोइराला २०१९ को दीक्षान्तमा प्रथम श्रेणीमा प्रथमको हकदार बनेका थिए ।

अख्तियारका अनुसार एमए समाजशास्त्रमा परीक्षामै उपस्थित नभइ कोइराला पास भएका पाइएको छ । कोइरालले एमएका अर्थशास्त्र, ग्रामीण विकास र समाज शास्त्रका १५ वटा पेपरमा ३ देखि ५० नम्बरसम्म थपेको खुलेको छ । अख्तियार तीनवटै विषयमा कोइरालाले घुस दिएर २२४ अंक थपेको जनाएको छ । त्यसका लागि उनले १ लाख ५० हजार घुस दिएका थिए ।

त्यसैगरी कर्मचार्यले केदार भट्टराईका लागि एमए अर्थशास्त्रकै ५ वटा पेपरमा १०/१० नम्बर थप्न कोइरालामार्फत नै तीन लाख रुपैयाँ घुस लिएको पनि खुलेको छ । अख्तियारले कर्माचार्यविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ र दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा त्यही ऐनको दफा १३ बमोजिम विशेष अदालतमा मुद्दा चलाएको छ ।

कर्माचार्यले परीक्षाको परिणाम फेरबदल गर्न घुस लिएकाले उक्त ऐनको दफा ३ को उपदफा (१) को कसुरमा विगो चार लाख ५० हजार कायम गरी उक्त ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को (घ) बमोजिम उक्त रकम प्रतिवादीबाट असुल गर्ने माग गरिएको अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

विगत २४ घण्टामा एक हजार ५५८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार

कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । आजदेखि लागू हुनेगरी अधिकांश बैंकले ब्याजदर

काठमाडौं । सत्ता गठबन्धनको महत्त्वपूर्ण घटक नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आउँदो साताभित्र मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउने संकेत गरेका

काठमाडौँ । कोरोना भाइरसविरुद्धको खोप उपत्यकामा अधिकांशले लगाइसकेका छन् । यो खोप उपत्यकामा पहिलो मात्रा ४४.३३ प्रतिशत र पूर्ण मात्राको