एमाले अध्यक्ष भन्छन्– ‘माओवादी देशद्रोही हो’

२३ श्रावण २०६९, मंगलवार १२:३६ मा प्रकाशित


काठमाडौ, २३ साउन । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले आफ्नो पार्टी संविधानसभाको निर्वाचनमा जान तयार रहेको खुलासा गरेका छन् । पार्टी स्थायी समितिको हालै बसेको बैठकले संसदीय निर्वाचनको जाने निर्णय गरे पनि सहमतिको सरकार गठन गरेर मुलुकलाई वर्तमान राजनैतिक र संवैधानिक संकटबाट पार लगाउन दबाव दिने उद्देश्यले रिपोर्टर्स क्लब नेपालले सुरु गरेको अभियानअन्र्तगत डल्लुस्थित खनाल निवास पुगेको सञ्चारकर्मीहरुको टोलीसँग कुरा गर्दै अध्यक्ष खनालले एमाले संविधानसभाबाटै संविधान जारी गर्ने पक्षमा अडिग गरेको बताए । उनले भने– ‘एमाले संविधानसभाबाटै संविधान जारी गर्नु पर्छ भन्ने पक्षमा छ, त्यसैले हामी ताजा जनादेशको पक्षमा छौँ ।’
अध्यक्ष खनालले एमाले जातीय संघीयताको पक्षमा हिजो पनि नभएको आज पनि नभएको र भोलीका दिनमा पनि नहुने स्पष्ट पार्दै जातीय संघीयता बनाउन खोजे पनि एमालेले त्यस्तो प्रयास सफल हुन नदिने चेतावनी दिए । पार्टीभित्र जातीय संघीयताको पक्षधरहरुसंग पनि छलफलबाटै पार्टी एकीकृत बनाउन आफूहरु प्रयासरत भएको समेत उनले जानकारी दिए । सहमति, सहकार्य र संबैधानिक बाटो हुँदा हुँदै मुलुकलाई भड्खालोमा जाक्ने काम गरेको सरकार र माओवादी नै बर्तमान संकटको जिम्मेवार भएको भन्दै खनालले प्रधानमन्त्री डा बाबुराम भट्टराईले विकल्परहित रुपमा पद छाड्नुपर्ने धारणा राखे ।
राष्ट्रियता, लोकतन्त्र, जनजीविकाको विषय संकटमा परेको भन्दै उनले वर्तमान सरकारको विस्थापन र सहमतिको सरकार गठन मात्रै मुलुकको संकटको निकास भएको दाबी गरे । उनले भने– ‘माओवादी र मधेसी मोर्चाको गठबन्धन मुलुकको लागि बोझ भयो, यो बोझ नहटाई मुलुकलाई निकास दिन सकिंदैन ।’
जनयूद्ध थाल्दा माओवादीले भारतसंग सम्झौता गरेको कुरा सत्य भए माओवादी देशद्रोही सावित हुने भन्दै उनले त्यस्ता देशद्रोही र अपराधीसंग एमालेले सहकार्य नगर्ने स्पष्ट पारे । उनले भने– ‘त्यस्तो ठहरिए उनीहरु देशद्रोही र अपराधी हुने छन । यस्तो अवस्थामा एमाओवादीसंग सहकार्य गर्न सोच्नुपर्छ ।’ देश सञ्चालनको चावी अन्तै भएको भन्ने प्रधानमन्त्रीको अभिब्यक्ति अत्यन्तै गैरजिम्मेवार भएको दावी गर्दै खनालले त्यसको वास्तविकता नेपाली जनतामाझ स्पष्ट पार्न माग गरे ।
दलहरुवीच पाँच बुँदे सहमति हुँदाको र अहिलेको अवस्था बदलिएकोले अब नेकपा एमालेले पनि सहमतिको सरकारको नेतृत्वमा दावी गर्न सक्ने बताउँदै खनालले भने–अहिले हामिले नेपाली काग्रेसलाई पर्खिएका छौ । काग्रेसले नसके हामीलाई उमेदवार घोषणा गर्न आधा घण्टा पनि लाग्दैन । ओलम्पिकको धावक जस्तै हामी सिठ्ठी बज्नेवित्तीकै दौडन तयार छौं । सत्तारुढ दल एकीकृत नेकपा माओवादी सहमतिमा नआए विकल्प आन्दोलन नै भएको र यूवा संघले थालेको आन्दोलन संकेत मात्र भएको भन्दै नेपाली जनताको धैयर्ताको बांध टुटिसकेकोले अब आन्दोलनको आंधीवेहरीबाट सरकार ढाल्ने चेतावनी उनले दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौँ। नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार दिउँसो १ बजे बैठक बोलाइएको छ । समसायिक राजनीतिक

नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले निकट भविष्यमै नेकपा (एमाले) माधवकुमार नेपाल पक्षसँग पार्टी एकता हुन सक्ने

काठमाडौं । कुम्भमेलामा भाग लिएर पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाह स्वदेश फर्किएका छन् । १० दिन लामो भारत भ्रमण सकेर