धितोपत्र बोर्डलाई आयोग बनाउने प्रस्ताव अस्वीकृत

२३ असार २०७६, सोमबार १५:५२ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, २३ असार । नेपाल धितोपत्र बोर्डलाई आयोग बनाउने प्रस्ताव अर्थ मन्त्रालयले अस्विकार गरेको छ । धितोपत्र सम्बन्धी ऐन,२०६३ लाई संसोधन गर्न बनेको विधेयकमा बोर्डले नेपाल धितोपत्र बोर्डको नाम परिवर्तन गरी नेपाल धितोपत्र नियमन आयोग राख्ने प्रस्ताव गरेको थियो।

तर अर्थ मन्त्रालयले यो प्रस्ताव अस्विकार गरेको हो । अहिले ऐनका केहि प्रावधान मात्र संशोधन गर्न लागिएकोले नामलाई यथावत राख्ने निष्कर्षमा मन्त्रालय पुगेको हो । ऐन नै संशोधन गर्ने समयमा भने बोर्डको नाम परिवर्तन गरी आयोगमा लैजान मन्त्रालयले तयार छ । मन्त्रालयले यस सम्बन्धि जानकारी अनौपचारिक रुपमा धितोपत्र बोर्डलाई दिईसकेको छ ।

बोर्डको मुख्य कार्य नै नियमन गर्ने रहेकोले नेपाल धितोपत्र नियमन आयोग राख्न प्रस्ताव गरिएको बोर्डले जनाएको छ । तर मन्त्रालय यसमा तयार नदेखिएकोले तत्कालको लागि नाम परिवर्तन नहुने भएको हो ।

हाल बोर्डलाई अर्थमन्त्रालयले नियमन गर्दै आएको छ । तर स्वायत्तता कायम गर्न बोर्ड आयोगको रुपमा जान चाहेको हो । हाल बोर्डले ४ सय ४१ संस्थालाई नियमन गर्दै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । एशियाली विकास बैंक (एडिबी)ले सन् २०२२ मा नेपालको अर्थतन्त्र (बजार मूल्यमा) ४.१ प्रतिशतले बढ्ने प्रक्षेपण गरेको छ ।

काठमाडौँ । बुधबार नेप्से सूचक १०४.८८ अंकले बढेर २८ सय विन्दुमाथि पुगेको छ । आज नेप्से सूचक १०४.८८ अंकले बढेर

काठमाडौं ।पछिल्लो एक महिनादेखि निरन्तर रूपमा शेयर बजारमा उतारचढाव आएको छ। उतारचढाव आउँदा शेयर बजारमा निरन्तर गिरावट आएको थियो ।

काठमाडौँ ।बजेट मार्फत कालोधनलाई सेतो बनाउने बाटो खोलेको भन्दै तीव्र आलोचना भएपछि अर्थमन्त्रालयले त्यसो गर्न नखोजिएको स्पष्ट पारेको छ। संसदबाट