प्रस्तावित राजदूतले महाभारत र चुरे पहाड काट्ने योजना सुनाए

२३ असार २०७६, सोमबार १४:१० मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, २३ असार । बंगलादेशका लागि प्रस्तावित राजदूत वंशीधर मिश्रले नेपालको महाभारत र चुरे पहाड काट्ने योजना सुनाएपछि सांसद नै चकित परेका छन् । मिश्रले संसदीय सुनुवाई विशेष समितिका आफ्नो सुनुवाई क्रममा सांसदहरु सामु नेपालका यी दुई पहाड काटेर ढुंगा र माटो बंगलादेशमा बेच्ने योजना सुनाएका हुन् ।

समितिमा उनले ‘एक प्रयास तीन लाभ’ भन्ने आफ्नो अवधारण प्रस्तुत गर्दै महाभारत शृङखला काट्ने, चुरेमा रहेका बस्तीलाई सार्ने र त्यो ढुङ्गा बंगलादेशलाई बेच्ने योजना सुनाएका हुन् ।

तर समितिका सदस्यले अपरिपक्व योजना रहेको भन्दै आलोचना गरेपछि उनले आफ्नो योजना फीर्ता लिए । सांसदशरु दिलेन्द्र प्रसाद बडु, सुरेन्द्र पाण्डे र भिमसेनदास प्रदानले अपरिपक्व र सरकारले नसोचेको योजना सुनाएको भन्दै आलोचना गरेपछि उनले फीर्ता लिए ।

‘चुरे महाभारत श्रृङ्खला काट्ने र ढुङ्गा बंगलादेशलाई बेच्ने योजना सरकारको छैन, मैले विज्ञहरुको रायका आधारमा राखेको हुँ । तर, यहाँ कुरा सुन्दा अहिले यो अपरिपक्व रहेछ भन्ने बुझेँ र यो नउठाउने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु’ मिश्रले भने ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली कांग्रेसले अधिवेशन तालिका हेरफेर गर्ने निर्णय गरेको छ । बुधबार बसेको कांग्रेस पदाधिकारी बैठकमा प्रदेश, जिल्ला र

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले विहिबारसम्म सरकार विस्तारको तयारी गरेका छन् । मन्त्रिपरिषद विस्तार तथा मन्त्रालय भागबन्डाबारे आज बालुवाटारमा सत्तारूढ

बेलकोटगढी । नुवाकोट बेलकोटगढी नगरपालिकालाई नेपाली कांग्रेसको १४ औं महाअधिवेशनले छप्पकै छोपेको छ । अधिवेशन नजिकिंदै गर्दा नगरसभापतिमा लेखनाथ मुडबरी

काठमाडौँ । परराष्ट्रमन्त्री डा नारायण खड्काको जन्म २००५ साल चैत ७ गते भोजपुरमा भएको हो । विसं २०२३ मा विद्यार्थी