सार्क फिल्म फेस्टिबलमा स्वस्तिमाले जितिन ‘जुरी अवार्ड’

२३ असार २०७६, सोमबार १२:४६ मा प्रकाशित

श्रीलंका, २३ असार । श्रीलंकाको कोलम्बोमा सम्पन्न ‘सार्क फिल्म फेस्टिवल’ मा नेपालले दुई अवार्ड हात पारेको छ । चलचित्र ‘बुलबुल’ बाट नायिका स्वस्तिमा खड्काले ‘स्पेशल जुरी अवार्ड–पर्फमेन्स’ जितेकी छन् ।

स्वस्तिमाले बुलबुलमा निर्वाह गरेको भूमिका उत्कृष्ट भएको ठहर गर्दै जुरीले अवार्ड प्रदान गरेको हो । यसअघि सोही फेस्टिवलमा नायिका गरिमा पन्तले ‘झोला’ चलचित्रमार्फत् उत्कृष्ट नायिकाको अवार्ड जितेकी थिइन् ।

छोटो चलचित्र ‘टाटिनी’ले विशेष मान्यता पुरस्कार (स्पेशल रिकग्नाइजेशन) अवार्ड हात पारेको छ ।

चलचित्र विकास बोर्डले यस वर्ष ‘सार्क फिल्म फेस्टिबल’मा ‘प्रसाद’ र ‘बुलबुल’ लाई प्रतिष्पर्धा विधामा पठाएको थियो । सर्ट फिल्ममा ‘अवशेष’ लाई पनि विकास बोर्डले प्रतिष्पर्धामा पठाएको थियो ।

सार्क फिल्म फेस्टिवलमा सहभागी हुन नायिका स्वस्तिमा खड्का र प्रसाद निर्देशक दिनेश राउत कोलम्बो पुगेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

बलिउड अभिनेत्री कंगना रनौत सीताको भूमिकामा देखिने भएकी छन्। अलौकिक देसाइको निर्देशनमा बन्ने फिल्म ‘सीताः द इनकार्नेशन’ मा कंगना पक्का

काठमाडौं । गायक पुष्पन प्रधान र गायिका प्रविशा अधिकारीको स्वरमा रहेको गीत ‘तिम्रो मन’ सार्वजनिक भएको छ । गीतमा दिग्गज

काठमाडौं । ।गायक हिमाल सागरले आफ्नै स्वर तथा संगीतमा नयाँ गीत ‘एकादेशको कथा’ ल्याएका छन् । रोमान्टिक शैलीको गीतमा श्याम

अमेरिकी गायिका ब्रिटनी स्पियर्सले आफ्ना लामो समयदेखिका प्रेमी साम अस्घरीसँग इन्गेजमेन्ट गरेकी छन् । पछिल्लो समय निजी कारणले चर्चामा रहेकी