प्रधानमन्त्री उपस्थित नभएसम्म समितिको बैठकमा आउँदिनः प्रधान

२३ असार २०७६, सोमबार १२:०४ मा प्रकाशित

काठमाडौँ, २३ असार । संसदीय सुनुवाई विशेष समितिका सदस्य भीमसेनदास प्रधानले प्रधानमन्त्री उपस्थित नभएसम्म समितिको बैठकमा सहभागी नहुने बताएका छन् । समितिले विभिन्न चार देशको राजदूतमा प्रस्ताव गरिएकाहरुको सम्बन्धमा प्रधानमन्त्रीसँग छलफल गर्ने निर्णय गरेको थियो ।

नियुक्तीलाई समोवशिता बनाउनेबारे प्रधानमन्त्रीसँग छलफल गर्न समय मिलाउने जिम्मा समिति सभापति लक्ष्मणलाल कर्णलाई दिइएको थियो । कर्णले प्रधानमन्त्रीसँग कुरा गरे पनि प्रधानमन्त्री केपी ओली समितिमा उपस्थित भएका छैनन् ।

सोमबारको बैठकमा कांग्रेस सांसद् प्रधानले यसबारे ध्यानाकर्षण गराउँदै प्रधानमन्त्रीसँग छलफल नगरी अब बस्ने बैठकमा आफू सहभागी नहुने बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली कांग्रेसले अधिवेशन तालिका हेरफेर गर्ने निर्णय गरेको छ । बुधबार बसेको कांग्रेस पदाधिकारी बैठकमा प्रदेश, जिल्ला र

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले विहिबारसम्म सरकार विस्तारको तयारी गरेका छन् । मन्त्रिपरिषद विस्तार तथा मन्त्रालय भागबन्डाबारे आज बालुवाटारमा सत्तारूढ

बेलकोटगढी । नुवाकोट बेलकोटगढी नगरपालिकालाई नेपाली कांग्रेसको १४ औं महाअधिवेशनले छप्पकै छोपेको छ । अधिवेशन नजिकिंदै गर्दा नगरसभापतिमा लेखनाथ मुडबरी

काठमाडौँ । परराष्ट्रमन्त्री डा नारायण खड्काको जन्म २००५ साल चैत ७ गते भोजपुरमा भएको हो । विसं २०२३ मा विद्यार्थी