प्रस्तावित राजदूतको सुनुवाई गर्न बसेको संसदीय समितिको बैठक स्थगित

२३ असार २०७६, सोमबार ११:४२ मा प्रकाशित

काठमाडौँ, २३ असार । प्रस्तावित ४ देशका राजदूतहरूको सुनुवाइ गर्न बसेको संसदीय सुनुवाइ समितिको बैठक स्थगित भएको छ । चार राजदूतको संसदीय सुनुवाइ गर्न सोमबार बिहान बसेको बैठक दिउँसो तीन बजेसम्मका लागि स्थगित भएको हो । बिहानको बैठकले डा. बंशिधर मिश्रको भने आंशिक सुनुवाई गरेको छ ।

अब दिउँसो तीन बजे बस्ने बैठकले पुनः सुनुवाइ गर्नेछ । सरकारले गरेको सिफारिस प्रक्रिया समावेशी नभएको भन्ने उजुरी परेको थियो तर उजुरीकर्ताले छलफलमा आउन अस्वीकार गरेका छन् ।

सरकारले जेठ २३ गते अस्ट्रेलियाको राजदूतका लागि प्रस्तावित महेश दाहाल, कतारका लागि प्रस्तावित राजदूत नारद भारद्वाज, स्पेनका लागि प्रस्तावित राजदूत दावाफुटी शेर्पा र बङ्गलादेशका लागि प्रस्तावित राजदूत डा। वंशीधर मिश्रकोलाइ सिफारिस गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । आजदेखि लागू हुनेगरी अधिकांश बैंकले ब्याजदर

काठमाडौं । सत्ता गठबन्धनको महत्त्वपूर्ण घटक नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आउँदो साताभित्र मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउने संकेत गरेका

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले एक हप्ताभित्र मन्त्रिपरिषदले पूर्णता पाउने दाबी गर्नुभएको छ । मिनभवनस्थित केन्द्रीय

काठमाडौं । नेपाली राजनीतिमा प्रधानमन्त्री शेरबहादुर देउवाकाे नियति मान्नुपर्छ, आफूले पाएकाे जिम्मेवारी पूरा गर्न नसकेकाे अवगाल उहाँले पटक-पटक ब्यहाेर्नु परेकाे