एसीसी यू–१९ क्रिकेटमा नेपाल फाइनल प्रवेश

२३ असार २०७६, सोमबार ११:३८ मा प्रकाशित

मलेसिया, २३ असार । नेपाल मलेसियामा जारी एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा मलेसियालाई ७ विकेटले हराउँदै नेपालले फाइनलमा स्थान पक्का गरेको हो । मलेसियाले दिएको ८८ रनको लक्ष्य नेपालले १५.५ ओभरमा ३ विकेट गुमाएर भेट्टाएको हो ।

नेपालको जितमा कप्तान रोहितकुमार पौडेलले २९ बलमा ३१ रन र भीम सार्कीले सार्कीले ३४ बलमा ३३ रन बनाएर अविजित रहे । ओपनर पवन सर्राफले १६ बलमा १८ रन बनाए । ओपनर रित गौतम १४ बलको सामना गर्दा जम्मा ३ रन बनाएर आउट हुँदा, खडक बोहरा शून्य रनमै आउट भएका थिए ।

क्वालालम्पुरमा भएको खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको थियो । नेपालका लागि सागर ढकालले ३ विकेट लिए । कुशल मल्लले २, कमलसिंह ऐरी र तिलक राज भण्डारीले एक–एक विकेट लिए ।

अर्को सेमिफाइनलमा सिंगापुर र हङकङ खेलिरहेका छन् । नेपालले अब फाइनलमा उपाधिका लागि सिंगापुर र हङकङबीचको विजेतासँग भिड्ने छ । समूह चरणको खेलमा नेपालले चीनलाई १० विकेट र सिंगापुरलाई २१७ रनले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय श्रृंखलाको तेस्रो खेलमा नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । अल

लन्डन । च्याम्पियन्स लीग फुटबलमा म्यानचेष्टर सिटी, लिभरपुल र रियल मड्रिड विजयी भएका छन् । समूह ए को खेलमा सिटीले

काठमाडौं । छैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप असोज दोस्रो सातादेखि हुने भएको छ । नेपाल भलिबल

आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल र ओमानबीचको अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा आयोजक राष्ट्र ओमान ५ विकेटले विजयी भएको छ ।