कोपा अमेरिका फुटबलको उपाधि ब्राजिललाई

२३ असार २०७६, सोमबार ०९:३३ मा प्रकाशित

ब्राजिल, २३ असार । आयोजक ब्राजिलले कोपा अमेरिका फुटबलको उपाधि जितेको छ । आइतबार राति माराकाना रंगशालामा भएको खेलमा पेरुलाई ३–१ गोल अन्तरले पराजित गर्दै ब्राजिलले १२ वर्षपछि कोपा अमेरिकाको उपाधि जितेको हो ।

ब्राजिललाई उपाधि दिलाउन सौसा सोरेस, गाब्रियल जिसस र रिचार्लिसनले गोल गरे । पेरुका लागि भने पाउलो गुइरेरोले गोल फर्काएका थिए ।

खेलको १५ औ मिनेटमा सोरेसले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । खेलको ४४औं मिनेटमा पेरुले बराबरी गोल फर्काएको थियो । पेरुका लागि गुइरेरोले पेनाल्टीबाट गोल गर्दै टिमलाई बराबरीमा पुर्याएका थिए । पहिलो हाफको अतिरिक्त समयमा जिससले गोल गर्दै ब्राजिललाई २–१ गोलको अग्रता दिलाए ।

खेलको ७० औँ मिनेटमा जिससले दोहोरो पहेलो कार्ड खादै मैदान छोडेपछि ब्राजिल १० खेलाडीमा सिमित रह्यो । ब्राजिलका लागि ९० औं मिनेटमा पेनाल्टीबाट रिचार्लिसनले गोल गर्दै ब्राजिललाई ३–१ गोलको जित दिलाए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । पिएसजीका दुई सुपरस्टारबीच नयाँ विवाद शुरु भएको छ । किलियन एम्बाप्पेले नेइमारमाथि आफुलाई बल पास नदिएको आरोप लगाएका

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरले मुम्बई इण्डियन्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बैंगलोरले

काठमाडौं । इङ्लिस प्रिमियर लिग (इपिएल)मा टोटनहमले लगातार तेस्रो जित निकालेको छ । आइतबार राति घरेलु मैदानमा भएको लण्डण डर्बीमा

काठमाडौं । स्पेनिस ला लिगामा क्याटलन क्लब बार्सिलोनाले सहज जित निकालेको छ । आइतबार भएको खेलमा बार्सिलोनाले लेभान्तेलाई ३-० गोल

आजको प्रमुख समाचार