विश्वकप क्रिकेटमा भारतलाई गाली गरिएको ब्यानर फहराउँदै प्लेन घुमेपछि ………….

२२ असार २०७६, आईतवार १६:४३ मा प्रकाशित

काठमाडौँ, २२ असार । विश्वकप क्रिकेटमा शनिबार भएको भारत र श्रीलंकाबीचको खेलमा एउटा अज्ञात प्लेनले पाँचपटक मैदनमा फन्को मार्यो । उक्त प्लेनले भारत बिरोधि ब्यानर प्रदर्शन गरेको छ । ‘इन्डिया नरसंहारलाई रोक, कस्मिरलाई स्वतन्त्र गर’ लेखिएको ब्यानरको साथमा प्लेनले प्रत्येक पटक मैदानको चार/चार पटक फन्को मारेर गएको छ ।

भारतीय टिमले बलिङ गर्दा तिनपटक र ब्याटिङ गर्दा २ पटक प्लेनले फन्को मारेर गएको हो । खेल हेग्डेल क्रिकेट मैदानमा भएको थियो । मैदान नजिकै रहेको ब्रेडफोर्ड सहरमा पाकिस्तानि मुलका मानिसहरुको बसोबास रहेको छ । अफगानिस्तानसँगको खेलमा पनि यस किसिमको घटना भएको थियो ।

यस घटनापछि बीसीसीआइले कडा प्रतिकार गरेको छ । बीसीसीआइले आइसिसिमा यो घटनाको बिषयमा उजुरि दर्ता गरेको छ । बीसीसीआइका अधिकारिले भनेका छन् यस किसिमका घटना स्विकार्य छैन, हामिले हाम्रो कुरा राखेका छौँ, आगामि खेलमा यस किसिमका घटना फेरि भएमा त्यो दुर्भाग्यपुर्ण हुनेछ । हाम्रो लागि खेलाडिको सुरक्षा महत्वपुर्ण रहेको बताएका छन् ।

आइसिसिले जवाफमा यस किसिमको घटना दोहोरिएकोमा निराश भएका छौँ, यस किसिमको राजनितिक संदेशको निन्दा गर्ने जनाएको छ । खेल अवधिभरी यस किसिमको राजनितिक बिरोध रोक्नको लागि पुलिसको साथ मिलेर काम गरिरहेको आइसिसिले बताएको छ । हिजो भएको घटनामा लिड्को एयर ट्राफिक पुलिसले जाँच गर्ने बताएको आइसिसिले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

ढाका । बङ्गलादेशमा १८ महिनापछि विद्यालय खुलेका छन् । लामो समयसम्म विद्यालयहरू बन्द रहँदा बालबालिकाको सिकाइमा असर पर्ने युनिसेफको चेतावनीपछि

कोलम्बो । श्रीलङ्काको केन्द्रीय बैंकका प्रमुखले शुक्रबार ‘राजनीतिक र व्यक्तिगत मुद्दा’ कारण देखाउँदै राजीनामा दिनुभएको छ । विदेशी विनिमय सङ्कट

काबुल । अफगानिस्तानको सत्तामा पुगेको तालिवानले छिमेकी मुलुक चीनसँगको सम्बन्ध सुधार गर्दै अघि बढ्ने चाहना व्यक्त गरेको छ । तालिवानका

अफगानिस्तानको राजधानी काबुलमा भएको जिहादी आक्रमणमा १३ अमेरिकी सुरक्षाकर्मी सहित ६० भन्दा बढीको ज्यान गएको बीबीसीले जनाएको छ । विष्फोटपछि