चोरीका मोबाइल फेला पार्न ‘डिभाइस म्यानेजमेन्ट सिस्टम’

२२ असार २०७६, आईतवार १३:२८ मा प्रकाशित

काठमाडौँ, २२ असार । सरकारले मोबाइल फोनको नियमन गर्ने भएको छ । चोरी तथा अबैध पैठारीका मोबाइलको प्रयोग रोक्न डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) का लागि सम्झौता भएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।

सरकारले मलेसियन कम्पनी ‘एम/एस निउमेरा’ सँग यो प्रणाली जडानका लागि सम्झौता गरेको प्राधिकरणका प्रवक्ता मिनप्रसाद आर्यालले बताएका छन । यसमा भारतीय कम्पनी ओएसआई कन्सल्टिङ प्रालि र सिंगापुरको नमस्ते ग्लोबल कम्युनिकेसन प्रालि पनि ज्वाइन्ट भेन्चरका रुपमा छन ।

करिब ७७ करोड ३९ लाख रुपैयाँमा यो प्रणालीका लागि सम्झौता भएको छ । सम्झौताअनुसार यो प्रणालीको डिजाइन, विकास, आपूर्ति, जडान, परीक्षण, सञ्चालन र व्यवस्थापन निउमेराले गर्नेछ। १ अर्ब लागत लाग्ने अनुमान गरिएको यो प्रोजेक्ट को लागि १३ विदेशी कम्पनीले काम गर्ने इच्छा देखाएका थिए ।

करिब ६ महिनाभित्र नै यो प्रणाली कार्यान्वनमा आउने प्राधिकरणका प्रवक्ता अर्यालको भनाई छ । यो प्रणालीको प्रयोगले चोरी भएको मोबाइल फेला पार्नदेखि अवैधरुपमा नेपाल भित्रिएका मोबाइल फोन ब्लक गर्न सहज हुनेछ । अन्य देशमा यो प्रणाली लागू भएपनि नेपालमा भने अब लागू हुन लागको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सर्वोच्च अदालतले सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा नकारात्मक टिप्पणी गर्नेलाई कारबाही नगर्न गृह मन्त्रालयलाई आदेश दिएको छ ।

काठमाडौँ ।रुपन्देहीको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने युवक नेकपा एमालेकै कार्यकर्ता रहेको पाइएको छ । एमाले रूपन्देहीका

काठमाडौं।नेकपा (एकीकृत समाजवादीले केन्द्रीय कमिटी बैठक बोलाएको छ । बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा मंगलबार दिउँसो २ बजे बस्ने गरी केन्द्रीय कमिटी

काठमाडौं ।ओमानमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिम भोलि मंगलबार बिहान नेपाल आईपुग्ने भएका छन् । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको