कोपा अमेरिका फुटबलमा अर्जेन्टिना तेस्रो, मेस्सीले खाए करियरकै दोस्रो ‘रेड कार्ड’

२२ असार २०७६, आईतवार ०९:३६ मा प्रकाशित

ब्राजिल, २२ असार । अजेन्टिनी कप्तान लियोनल मेस्सीले करियकै दोस्रो कार्ड खाएका छन् । जारी कोपा अमेरिका फुटबल प्रतियोगीता अन्तर्गत आइतबार बिहान भएको चिलीसँगको खेलमा मेस्सीले रातो कार्ड पाएका हुन् ।

खेलमा अर्जेन्टिनाले चिलीलाई हराएर तेस्रो भएपनि मेस्सीले अहिलेसम्मको खेल जीवनमा दोस्रो पटक रातो कार्डसँगै प्रतियोगिता अन्त्य गरे । आजको खेलमा अर्जेन्टिनाले चिलीलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

खेलमा अर्जेन्टिनाले १२ औं मिनेटमा सर्जिओ एग्युरोको गोलबाट अग्रता लिएको थियो । उनले मेस्सीको पासमा गोल गरेका थिए । १० मिनेटपछि पाउलो डिबलाले गोल गर्दै अग्रता दोब्बर बनाए ।

तर खेलको ३७ औं मिनेटमा मेस्सीले रातो कार्ड पाए । उनीसँगै चिलीका ग्यारी मेडलले पनि रातो कार्ड पाएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय श्रृंखलाको तेस्रो खेलमा नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । अल

लन्डन । च्याम्पियन्स लीग फुटबलमा म्यानचेष्टर सिटी, लिभरपुल र रियल मड्रिड विजयी भएका छन् । समूह ए को खेलमा सिटीले

काठमाडौं । छैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप असोज दोस्रो सातादेखि हुने भएको छ । नेपाल भलिबल

आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल र ओमानबीचको अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा आयोजक राष्ट्र ओमान ५ विकेटले विजयी भएको छ ।