एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा प्रजातन्त्रवादी समुहका केशव कँडेल निर्वाचित

२२ असार २०७६, आईतवार ०७:२६ मा प्रकाशित

सिड्नी, २२ असार । गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद अष्ट्रेलियाको अध्यक्षमा प्रजातन्त्रवादी समुहको नेतृत्व गरेका केशव कँडेल निर्वाचित भएका छन् ।

शनिवार सम्पन्न निर्वाचनमा प्रजातन्त्रवादी समुहका कँडेलले आफ्ना प्रतिस्पर्धी मातृभूमि नेपालको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी निकट दिनेश पोखरेललाई ३९१ मत अन्तरले पराजित गर्दै सन् २०१९-२१ का लागि अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

अध्यक्ष कँडेलले ४१४८ मत प्राप्त गरेका छन् भने पोखरेलले ३७५७ मत प्राप्त गरेका थिए ।

यसैगरी महासचिवमा डा. ज्ञानेन्द्र रेग्मी ४१५८ मत ल्याउँदै बिजयी भएका छन् ।

यस्तै सचिवमा उषाकिरण बरिया, कोषाध्यक्षमा अनिल पोखरेल, सहकोषाध्यक्षमा लक्ष्मण गोपाली र युवा संयोजकमा इरशद अहमत निर्वाचित भएका छन् ।

राष्ट्रिय समन्वय समितिको कार्यसमितिमा निर्वाचित हुनेमध्ये सबैजसो कँडेल प्यानलका रहेका छन् ।

यसैगरी आईसीसी सदस्यमा राजु अधिकारी, छविप्रसाद सापकोटा, दीपक शर्मा, अरुणकुमार ठाकुर, नारायण प्रसाद काफ्ले, अशोक केसी र सन्तोष कुवँर निर्वाचित भएका छन् ।

कुल ११ हजार ६ सय १७ मतदातामध्ये ८ हजार ३ सय ६६ जना मतदान प्रकृयामा सहभागी भएका थिए । ३ हजार २ सय ५१ जनाले मतदानमा सहभागीता जनाएनन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । परराष्ट्रमन्त्री डा नारायण खड्काको जन्म २००५ साल चैत ७ गते भोजपुरमा भएको हो । विसं २०२३ मा विद्यार्थी

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी

एजेन्सी । संयुक्त राष्ट्रसंघको महासभा बैठकको क्रममा यो वर्ष दक्षिण एसियाली सहयोग संगठन (सार्क) का परराष्ट्रमन्त्रीहरुको साइडलाइन वार्ता नहुने भएको

काठमाडौं। बिहे गरेपछि नायिकाको ‘फ्यान फलोइङ’ घट्छ, अझ बच्चा जन्मिएपछि त फिल्मी करिअर नै समाप्त हुन्छ भन्ने बुझाइ बलिउडमा मात्रै