कांग्रेस केन्द्रीय समिति बैठकमा हिन्दू राष्ट्रबारे छलफल हुने

२१ असार २०७६, शनिबार १७:५७ मा प्रकाशित

काठमाडौँ, २१ असार । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री शंकर भण्डारीले आइतबारबाट सुरु हुने पार्टी केन्द्रीय समिति बैठकमा हिन्दू राष्ट्रको विषय उठ्ने बताएका छन् ।

उनले भने, ‘भोलिको बैठकमा समग्र मुलुकको परिस्थितिबारे छलफल हुन्छ । नेकपाको गतिविधि र सरकारको कामबारे पनि विश्लेषण हुन्छ ।’ हिन्दू राष्ट्रको विषय जोडतोडले उठेको सुनाउँदै भोलिको बैठकमा यो विषय पनि स्वभाविक रुपमा उठ्ने भण्डारीले जानकारी दिए ।

महासमितिको बैठकमा ७०९ सदस्यको हस्ताक्षरसहित हिन्दूराष्ट्रको एजेण्डा उठाएको सुनाउँदै उनले भने, ‘भोलिको बैठकमा मैले यो विषय प्रवेश गराउँछु । यो नेपाली कांग्रेसको भविष्यसँग मात्रै नभएर सिँगो मुलुकको भविष्यसँग जोडिएको छ । अब विलम्ब नगरी पार्टीले हिन्दू राष्ट्रको बारेमा आफ्नो दृष्टिकोण बनाउनुपर्छ ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली कांग्रेसले अधिवेशन तालिका हेरफेर गर्ने निर्णय गरेको छ । बुधबार बसेको कांग्रेस पदाधिकारी बैठकमा प्रदेश, जिल्ला र

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले विहिबारसम्म सरकार विस्तारको तयारी गरेका छन् । मन्त्रिपरिषद विस्तार तथा मन्त्रालय भागबन्डाबारे आज बालुवाटारमा सत्तारूढ

बेलकोटगढी । नुवाकोट बेलकोटगढी नगरपालिकालाई नेपाली कांग्रेसको १४ औं महाअधिवेशनले छप्पकै छोपेको छ । अधिवेशन नजिकिंदै गर्दा नगरसभापतिमा लेखनाथ मुडबरी

काठमाडौँ । परराष्ट्रमन्त्री डा नारायण खड्काको जन्म २००५ साल चैत ७ गते भोजपुरमा भएको हो । विसं २०२३ मा विद्यार्थी