भारतीय ट्रकका कारण नेपाली व्यवसायी मर्कामा

२३ श्रावण २०६९, मंगलवार ०७:३४ मा प्रकाशित

रुपन्देही, २३ साउन । पश्चिमाञ्चल ट्रक व्यवसायी समितिले भारतीय ट्रकका कारण नेपाली ट्रकहरु समस्यामा परेको बताएको छ । भारतीय गाडीहरु नेपालमा ७२ घण्टा रहने भएकोले यो ठूलो समस्या बनिरहेको भन्दै समितिले तत्काल यो व्यवस्था खारेजीको माग गरेको छ । पश्चिमाञ्चल ट्रक व्यवसायी समितिका अध्यक्ष लोकराज पोखरेलले नेपालमा रहेका भारतीय ट्रकसंग नेपालका ट्रकहरुले प्रतिष्पर्धा गर्न नसक्ने अवस्था पैदा भएको उल्लेख गर्दै भने, ‘हामी भारतमा जान सक्दैनौं भारतीय ट्रक भने ७२ घण्टा यता बसिदिन्छन्, यसले हामीलाई अत्यन्त मर्कामा पारेको छ ।’
यतिबेला मुलुकमा यातायात मन्त्रालय नहुंदा यस्तो समस्या पैदा भएको भन्दै उनले यातायात मन्त्रालय गठन गरेर समस्या समाधानको पहल गर्न माग गरे । निजी लगानीका सवारी साधनबाट सरकारलाई करोडौ कर तिरे पनि आफूहरुले सहज तरिकाले व्यवसाय गर्ने वातावरण भने नपाएको व्यवसायीहरुको दुखेसो छ । एक ट्रकबाट वर्षमा १२ हजारको दरले समितिमा भएका २ हजारभन्दा बढी ट्रकहरुबाट २ करोड भन्दा बढी कर तिर्नुपरेको र कर तिर्न पनि अत्यन्त झन्झटिलो किसिमबाट गुज्रनु पर्छ भन्दै अध्यक्ष पोखरेलले एकमुस्ट रुपमा सहज किसिमबाट राजस्व तिर्ने व्यवस्था मिलाइदिन सरकारसंग आग्रह गरेक छन् ।
सरकारले सवारीकर, रोडकर, जांचपासलगायतका शीर्षकमा कर लिने गरेको छ । नेपालभर ४० हजारको संख्यामा रहेका ट्रक व्यवसायीहरुले सरकारसंग सहज रुपले व्यवसाय सञ्चालनको व्यवस्था मिलाई दिन माग गर्ने क्रममा पोखरेलले दुर्घटना हुंदा सहयोग गर्नुको साटो प्रशासनले उल्टै दुख दिने गरेको भन्दै असन्तोष व्यक्त गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।सरकारले स्यानिटरी प्याडमा कुनै पनि कर वृद्धि नगरेको स्पष्ट पारेको छ । महिनावारी हुँदा महिलाले प्रयोग गर्ने स्यानिटरी प्याडमा मूल्यवृद्धि

कोभिड–१९ को डेल्टा भेरिएन्ट र आँधीका कारण प्रभावित बनेको अमेरिकी अर्थतन्त्रले गत हप्ता लगातार दोस्रो पटक पनि बेरोजगारी भई सहयोगका

काठमाडौं। चालु आर्थिक वर्षको पहिलो महिनामै ७५ अर्ब ९६ करोड रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार

काठमाडौं, ७ असाेज । नेपाल राष्ट्र बैंकले नयाँ नोटको प्रयोग जतनसँग गर्न आग्रह गरेको छ । ४ असोजदेखि नयाँ नोट वितरण