किन सक्रिय भएन मनसुन ?

२१ असार २०७६, शनिबार १५:५३ मा प्रकाशित

काठमाडौँ, २१ असार । नेपालमा मनसुन प्रवेश गरेको घोषणा भएको हप्तादिन नाग्दासमेत मनसुन सक्रिय हुन सकेको छैन । न्यूनचापीय रेखा मध्य भारतमै अड्किएकाले नेपालमा मनसुनी गतिविधि बढ्न नसकेको जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ ।

मनसुन प्रवेश गरिसके पनि केही दिन सक्रिय र केही दिन कमजोर हुने क्रम चलिरहने महाशाखाको भनाई छ । मनसुन सक्रिय गराउने न्यूनचापीय रेखा तीन–चार दिनमा नेपाल आइपुग्ने अनुमान गरिएको छ ।

महाशाखाले आगामी तीन दिनको मौसम पूर्वनुमान जारी गदै आज देशका पश्चिमी भू–भागमा सामान्यदेखि पूर्ण बदली रही हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।

आइतवार देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ । सोमवार देशैभरी आंशिकदेखि सामान्य बद्ली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

विगत २४ घण्टामा एक हजार ५५८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार

कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । आजदेखि लागू हुनेगरी अधिकांश बैंकले ब्याजदर

काठमाडौं । सत्ता गठबन्धनको महत्त्वपूर्ण घटक नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आउँदो साताभित्र मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउने संकेत गरेका

काठमाडौँ । कोरोना भाइरसविरुद्धको खोप उपत्यकामा अधिकांशले लगाइसकेका छन् । यो खोप उपत्यकामा पहिलो मात्रा ४४.३३ प्रतिशत र पूर्ण मात्राको