७ वटा कर्तव्यज्यान मुद्दा लागेका खान पक्राउ

२१ असार २०७६, शनिबार १४:१४ मा प्रकाशित

काठमाडौँ, २१ असार । प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा रहेका नसिम खान पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) मार्फत खटिएको प्रहरी टोलीले काठमाडौंको बानेश्वरबाट सनिबार विहान १० बजे पक्राउ गरेको हो ।

कपिलवस्तुलाई केन्द्र बनाइ अपहरण, फिरौती र हत्या जस्ता ८ घटनामा संलग्न रहेको आरोपमा खानलाई पक्राउ गरिएको सीआइबीका प्रवक्ता एवम् एसपी दिपक रेग्मीले बताए ।

खानले पछिल्लो पटक २०७४ फागुनमा मोहम्मद रहमानको हत्या गरी फरार भएका थिए । पछिल्लो समय २०७४ वैशाख १३ गते मायादेवी गाउँपालिका–४ का वडाध्यक्ष फतेह मोहम्मदका छोरा ५ वर्षीय मोहम्मद अयमान मुसलमानको अपहरणपछि हत्या गरेको किटानी जाहेरी जिल्ला प्रहरी कार्यालयमा दर्ता गरिएको छ । खानविरुद् ७ वटा कर्तव्यज्यान र एउटा डाँका मुद्धा दर्ता छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

विगत २४ घण्टामा एक हजार ५५८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार

कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । आजदेखि लागू हुनेगरी अधिकांश बैंकले ब्याजदर

काठमाडौं । सत्ता गठबन्धनको महत्त्वपूर्ण घटक नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आउँदो साताभित्र मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउने संकेत गरेका

काठमाडौँ । कोरोना भाइरसविरुद्धको खोप उपत्यकामा अधिकांशले लगाइसकेका छन् । यो खोप उपत्यकामा पहिलो मात्रा ४४.३३ प्रतिशत र पूर्ण मात्राको