प्रदेश ३ का भूमि व्यवस्थामन्त्री लामालाई पत्नी शोक

२१ असार २०७६, शनिबार १३:३९ मा प्रकाशित

रासस, २१ असार । प्रदेश ३ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामालाई पत्नी शोक परेको छ। उनकी धर्मपत्नी ५८ वर्षीया कान्छिमाया लामाको आज बिहान ४ बजे हेटौंडामा निधन भएको हो ।

उनी कलेजोको क्यान्सरबाट पीडित थिइन्। गत मंसिरमा क्यान्सर रोग भएको पत्ता लागेको थियो। उनको शव चितवनको भण्डारास्थित आफ्नै घरमा ल्याइएको छ। आजै बौद्ध परम्पराअनुसार अन्त्येष्टि गरिने मन्त्री लामाका स्वकीय सचिव सुरज थपलियाले जानकारी दिए।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सर्वोच्च अदालतले सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा नकारात्मक टिप्पणी गर्नेलाई कारबाही नगर्न गृह मन्त्रालयलाई आदेश दिएको छ ।

काठमाडौँ ।रुपन्देहीको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने युवक नेकपा एमालेकै कार्यकर्ता रहेको पाइएको छ । एमाले रूपन्देहीका

काठमाडौं।नेकपा (एकीकृत समाजवादीले केन्द्रीय कमिटी बैठक बोलाएको छ । बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा मंगलबार दिउँसो २ बजे बस्ने गरी केन्द्रीय कमिटी

काठमाडौं ।ओमानमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिम भोलि मंगलबार बिहान नेपाल आईपुग्ने भएका छन् । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको